२०८३ वैशाख १६, बुधबार
११:१४:०८ बिहान

सुन्दर नेपाल सरसफाई अभियानका अध्यक्ष तामाङ दीक्षित

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० फागुन ६, आइतबार

काठमाडौं। युके द्वारा सुन्दर नेपाल सरसफाई अभियानका केन्द्रीय अध्यक्ष सरसफाई अभियन्ता वीर बहादुर तामाङलाई दीक्षित गरेको छ ।
टियर फण्डद्वारा आयोजित वातावरण सम्बन्धी ३ वर्षे कोर्स पुरा गरेकोले शुक्रवार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी सुन्दर नेपाल सरसफाई अभियानका केन्द्रीय अध्यक्ष सरसफाई अभियन्ता वीर बहादुर तामाङलाई दीक्षित गरेको हो । दिक्षान्त समारोहमा कृषि सम्बन्धी ३ वर्षे कोर्स पुरा गरेका कृषि अभियन्ता शाउल सुनुवार पनि दीक्षित भएका हुन् ।
सरसफाई सचेतना जागरणको क्षेत्रमा समुदायमा अग्रणी भुमिका निर्वाह गर्दै सुन्दर नेपाल सरसफाई अभियान नामक संस्थाको स्थापना गरी विगत एक दशकदेखि सफाइ क्षेत्रमा कार्यरत तामाङले नेपालमा सरसफाइको क्षेत्रमा स्वयंसेवीरुपमा काम गर्दै आएका छन् ।
‘वातावरण सम्बन्धी यस ३ वर्षे कोर्सले मलाई वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा काम गर्न थप मद्धत गर्ने भएकोले आगामी दिनमा सरसफाईसँगै सचेतना, बस्ती सरसफाई र पर्यावरणीयमैत्री देश निर्माणमा मेरो सशक्त अग्रसरता हुनेछ,’ उनले भने ।
अभियन्ता तामाङ भन्छन्, ‘सरसफाई र वातावरण संरक्षणमा स्थानीयहरुको सहयोग र सहभागीता हुँदा बढी अपनत्व हुने रहेछ । संरक्षणको दायित्वबोध पनि हुने रहेछ।’ आगामी दिनमा वातावरण संरक्षण र सरसफाईका मुद्दामा समेत पैरवी गर्ने योजना रहेको उनले सुनाए ।
नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ)का महासचिव शेर बहादुर एसी लगायत Individual Inspire को टिमले देशको कृषि क्षेत्रको विकास र प्रवद्र्धनमा युवाहरुको घट्दो आर्कषण र वातावरण संरक्षण तथा प्रवद्र्धनका क्षेत्रका काम गर्न निकै चुनौती रहेको हुँदा देशको कृषि र वातावरणीय क्षेत्रको गुणात्मक सुधारको लागि दृढ इच्छाशक्ति र संकल्पका साथ अगाडी बढन दीक्षितहरुलाई शुभकामना दिनुभयो ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68