२०८३ वैशाख १३, आइतबार
३:५९:०९ दिउँसो

प्हच्यु चितवन – नवलपुरको अधिवेशनले अध्यक्षमा डोलबहादुर गुरूङ चयन

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ चैत १७, आइतबार

भरतपुर । प्हच्यु तमू परिवार नेपालको चितवन तथा नवलपुर जिल्ला अध्यक्षमा डोलबहादुर गुरूङ चयन भएका छन्। आइतबार भरतपुरस्थित महाबौद्ध गुम्बा तीनखोलेमा आयोजित प्रथम साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व गठन गरेको हो। आगामी तीन वर्षे कार्यकालको लागि गठित समितिको उपाध्यक्षमा ओमराज गुरूङ र सीतादेवी गुरूङ, सचिवमा रामबहादुर गुरूङ, सङ्गठन सचिवमा विजय गुरूङ, सहसचिवमा वीरबहादुर गुरूङ, कोषाध्यक्षमा गणेशकुमार गुरूङ र सहकोषाध्यक्षमा लक्ष्मी गुरूङ चयन भएका छन्।

यस्तै सदस्यहरुमा भने विजयकुमार गुरूङ, बलबहादुर गुरूङ, जयबहादुर गुरूङ, सुकबहादुर गुरूङ, सावित्रा गुरूङ, मीना गुरूङ, राशी गुरूङ, सुष्मा गुरूङ, सन्तु गुरूङ, चक्रबहादुर गुरूङ र रेशम गुरूङ चयन भएका छन्। प्हच्यु तमू परिवारका केन्द्रीय कार्यवहाक अध्यक्ष निम गुरूङको उपस्थितिमा अधिवेशन सम्पन्न गरेको हो।

उनले देशभरका प्हच्यु (गुरूङ)हरुको विगतदेखि वर्तमानसम्मको इतिहास केलाउनको लागि संस्थाको स्थापना भएको बताए। आधुनिक विकास क्रमसँगै पुर्खा एकै ठाउँमा भए पनि हाल छरिएर रहेको हुँदा उनीहरुलाई आफ्नो भाइखलकसँग भेट गराउनको लागि पनि संस्थाको स्थापना भएको उनको भनाइ छ। २०७० सालमा पोखरामा स्थापना भएपछि हाल चितवन–नवलपुरसहित कास्की, लम्जुङ, तनहुँ, काठमाडौँलगायतका जिल्लामा शाखा विस्तार भइसकेको जानकारी गराए।

‘हामी प्हच्यु तमूहरुले आफ्नो इतिहास बिर्सन हुँदैन,’ उनले भने, ‘त्योभन्दा पनि महत्त्वपूर्ण काम भनेको हामीले हाम्रो वंशावली तयार गर्नुपर्ने छ । किनकि त्यसले भोलिको पुस्तालाई पनि राम्रो टेवा पुग्ने छ।’

तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले प्हच्यु तमूहरुले आफ्नो खलक खोज्नको लागि संस्थाको स्थापना गरेर नमुना काम गरेको प्रतिकृया दिए। यस्ता कार्यक्रमबाट अपरिचित व्यक्तिहरुबीच भेटघाटमात्र नभई साइनो, सम्बन्धबारे पनि थप ज्ञान प्राप्त गर्न सकिने उनले बताए। उनले प्ये ल्हु संघको योजनाअनुसार संस्थाको आफ्नै जग्गा र आवश्यक संरचना निर्माणको लागि अर्थ सङ्कलनको अभियान थालेको समेत जानकारी गराए।

प्हच्यु समुदायका अगुवा एवम् ज्येष्ठ नागरिक रामकृष्ण गुरूङले कुनै पनि व्यक्ति सामाजिक संस्थामा लाग्दा राजनैतिक नजरले हेर्न नहुने सुझाव दिए। उनले प्हच्यु थर भएका गुरूङहरुको खोजी गरी संस्थामा आवद्ध गराउन आवश्यक रहेको बताए।

नेपाल तमू विद्यार्थी छोँज धीँका केन्द्रीय अध्यक्ष पवन गुरूङले भने प्हच्यु थर भएका गुरूङहरुको भेलाले आपसमा भाइखलक चिन्ने काम गरेको बताए। प्हच्यु गुरूङ जातिभित्र रहेका विभिन्न थरहरुमध्ये एउटा थर हो। प्हच्यु थर भएका सबैले पुरेहितको काम नगरे पनि पुरेहित पेसासँग जोडिएको थर हो।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.50
151.10
1
176.36
177.07
1
203.23
204.04
1
191.63
192.40
1
107.63
108.06
1
109.95
110.39
1
117.95
118.42
10
9.44
9.48
1
22.01
22.10
1
41.28
41.45
1
4.65
4.67
1
40.97
41.14
100
10.18
10.22
1
16.31
16.38
1
23.60
23.69
1
19.21
19.29
1
490.87
492.82
1
398.57
400.16
1
390.90
392.46