२०८३ वैशाख १६, बुधबार
४:१२:३८ बिहान

चेपाङ संघको अध्यक्षमा भीमबहादुर चेपाङ निर्वाचित

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ फागुन ७, बुधबार

चितवन । नेपाल चेपाङ संघ चितवनको अध्यक्षमा पुनः भीमबहादुर चेपाङ चयन भएका छन्। बुधबार रत्ननगरस्थित नेपाल चेपाङ संघको केन्द्रीय कार्यालयमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट भीमबहादुर चेपाङकै नेतृत्वमा हाललाई १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो। नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङका अनुसार १७ सदस्यीय कार्यसमिति हुनुपर्नेमा हाललाई १४ सदस्य चयन गरिएको हो।

‘बाँकी तीन सदस्य पछि मनोनित गर्ने छन्,’ उनले भने, ‘त्यसकारण हाललाई १४ सदस्यीय कार्यसमिति मात्रै चयन गरिएको हो।’ समितिको उपाध्यक्षमा इन्द्रजीत चेपाङ, सचिवमा सौरभ चेपाङ, सहसचिवमा सुचेन्द्र चेपाङ र कोषाध्यक्षमा सूर्यबहादुर चेपाङ चयन भएका छन्।

त्यस्तै कार्यसमिति सदस्यहरुमा भने विकास चेपाङ, राजबहादुर चेपाङ, कृष्णबहादुर चेपाङ, गयासिंह चेपाङ, सफल चेपाङ, सारा चेपाङ, हिक्मत चेपाङ, गोपाल चेपाङ र जगतबहादुर चेपाङ चयन भएका संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए।

नेपालको सीमान्तकृत आदिवासी जनजाति समुदायभित्र पर्ने चेपाङ जाति चितवनसहित २६ जिल्लामा फैलिएको छ। तर, विशेष गरी चितवन, मकवानपुर, धादिङ र गोरखा चेपाङ जातिको मुुख्य बसोबास रहेको जिल्लाभित्र पर्दछन्। पछिल्लो समय विभिन्न कारणले यिनै क्षेत्रबाट अन्य जिल्लामा समेत बसोबास गर्न थालेपछि हाल २६ जिल्लामा चेपाङ जातिको बसोबास रहेको चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68