२०८३ वैशाख ९, बुधबार
३:२७:१४ दिउँसो

आज चर्चित गायिका अन्जु पन्त राप्तीको प्रार्थना सभा कार्यक्रममा आउने

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० चैत ११, आइतबार

राप्ती।
११ चैत्र २०८०
राप्ती क्रिश्चियन समाजको बार्षिक उत्सवको चौंथो दिन आज चर्चित गायिका अन्जु पन्त आउने भएकी छन।

पुर्बी चितवनको राप्ती ७ स्थित घडेरिडांडा खेलमैदानमा गत चैत्र ८ गतेदेखि बार्षिक उत्सव तथा प्रार्थना सभा कार्यक्रम भैइरहेको छ।

देशभित्र व्याप्त रुपमा बढ्दै गएको आपसी द्वन्द, राजनीतिक अस्थिरता, सामाजिक वैमनस्यताले देशमा झनै दुर्दशा र अशान्ति थपिरहेको औल्याउँदै देशको शान्ती, मेलमिलाप र देश बिकाशको लागि भन्दै ४ दिनसम्म निरन्तर प्रार्थना गरि कार्यक्रम भईरहेको राप्ती नगर ईसाइ समाजका अध्यक्ष सोमिलाल मोक्तानले बताए। आजको कार्यक्रम ठिक १२ बजे शुरु भई बेलुका ५ बजे बिबिध कार्यक्रमहरुको बिच समापन हुने आयोजकले बताएको छ।