२०८३ वैशाख १६, बुधबार
९:५९:२४ बिहान

मनहरी महोत्सवमा धुर्मुससुन्तलीले दर्शकहरुलाई पेट मिची मिची हँसाएका

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० माघ २२, सोमबार

मनहरी–२२ माघ । पाँचौ मनहरी महोत्सव २०८० मा चर्चित हाँस्य जोडी धुर्मुस–सुन्तली (सीताराम कट्टेल र कुन्जना घिमिरे) ले दर्शकहरुलाई पेट मिची मिची हँसाएका छन् । उहाँहरुले समसामयिक सामाजिक विकृति तथा राजनीतिक विकृतिका विरुद्ध व्यंग्य गर्नु भएको थियो ।

उहाँहरुले देश बिग्रँदै गएको, युवा विदेश जानुपर्ने बाध्यता सिर्जना भएको तथा देशलाई नेतृत्व गर्न नयाँ मान्छे आवश्यक रहेको भाव झल्किने प्रहसन प्रस्तुत गर्नु भएको थियो । मौलिक गाउँले शैलीको उहाँहरुको प्रहसन हेर्नका लागि बृद्धबृद्धाहरु समेत महोत्सव स्थलमा झुम्मिएका थिए ।

धुर्मुस–सुन्तलीसँगै महोत्सवमा नेपालकै पहिलो चेपाङ गायक रविन कुमार चेपाङ, उर्मिला प्रजा, मोडल पवन कु चेपाङ र शुक्र महर्जन, आरती प्रजा लगायतले प्रस्तुति दिनु भएको थियो । माघ २२ गते चर्चित गायिका भूमिका गिरी, सुमिना लो, गीता योन्जन, अबिराम मुक्तानले प्रस्तुति दिने तयारी छ भने स्थानीय रुपमा अनिल सुनार, उर्मिला परियार लगायतको प्रस्तुति रहनेछ ।

मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको आयोजनामा माघ १६ गते सुरु भएको महोत्सव माघ २८ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय परिकार र उत्पादनका स्टलसहित १५० वटा स्टल छन् ।

स्थानीय माछा, तामा, मास, गहत, दलहन, चेपाङ जातिले जीवनयापनका लागि उपभोग गर्ने गिट्ठा भ्याकुर, बनकरिया समुदायद्वारा उत्पादित साबुन, कैलाश गाउँपालिकाको तर्फबाट कुरिलोसहितका कृषि उत्पादनका बस्तुहरु, राक्सिराङ गाउँपालिकामा उत्पादित कृषिजन्य बस्तु तथा फापरको सेलरोटी लगायतका स्थानीय बस्तुहरुलाई महोत्सवमा प्रबद्र्धन गरिएको छ ।

साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, विभिन खेलहरुसहितको बाल उद्यान, होटल, कपडा, फलामे उत्पादन, इलेक्ट्रोनिक्स सामानहरुसहितका स्टलहरुको व्यवस्थापन गरिएको छ

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68