२०८३ जेठ २४, आइतबार
६:५३:०२ बेलुका

चितवनका विकट चेपाङ बस्तीमा ‘सुन्दर नेपाल सरसफाइ अभियान’द्वारा राहत वितरण

Sahayatri Logo Square
Sahayatri Khabar
२०८३ जेठ २४, आइतबार

चितवन, २४ जेठ २०८३
चितवनको माडी नगरपालिकाका विकट चेपाङ बस्तीका अति विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको छ। ‘सुन्दर नेपाल सरसफाइ अभियान’ काठमाडौंको आयोजनामा शनिबार एक कार्यक्रमका बीच ती परिवारलाई राहत स्वरूप चामल सहयोग गरिएको हो।

अभियानका राष्ट्रिय संयोजक वीर बहादुर तामाङको विशेष उपस्थिति तथा स्थानीय सामाजिक अभियन्ता कमल प्रजाको नेतृत्वमा राहत वितरण कार्य सम्पन्न भएको हो।
माडी नगरपालिका वडा नम्बर ८ र ९ मा बसोबास गर्ने र दैनिक छाक टार्न समेत धौ-धौ परिरहेका अति विपन्न चेपाङ समुदायका कुल ३९ परिवारलाई राहत उपलब्ध गराइएको अभियानले जनाएको छ।
जसमध्ये बाँदरझुला गाउँका १५ विपन्न परिवार, सुन्दर नेपाल नमुना बस्ती (प्याउली)का १० विपन्न परिवार, खरखट्टे चेपाङ बस्तीका १४ विपन्न परिवार रहेका छन्।

“विगतमा पनि सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएको हाम्रो अभियानले आगामी दिनमा पनि यस्ता संकट र अभावमा परेका सीमान्तकृत समुदायलाई निरन्तर सहयोग गर्ने राष्ट्रिय संयोजक वीर बहादुर तामाङले प्रतिबद्धता जनाउनुभयो।

बस्तीमै पुगेर चामल सहयोग पाएपछि स्थानीय चेपाङ परिवारहरूले खुसी व्यक्त गर्दै अभियानप्रति आभार प्रकट गरेका छन्।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
151.62
152.22
1
176.47
177.17
1
204.25
205.06
1
192.51
193.27
1
108.29
108.72
1
109.25
109.68
1
118.15
118.62
10
9.48
9.52
1
22.41
22.50
1
41.62
41.79
1
4.65
4.67
1
41.28
41.45
100
9.85
9.89
1
16.24
16.30
1
23.61
23.70
1
19.35
19.43
1
493.96
495.91
1
402.07
403.66
1
393.80
395.36