२९ पुस, काठमाडौं । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे ।
शेर्पाका दुई छोरा र तीन छोरी छन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए । पर्यटन व्यवसायमा आबद्ध उनी चौंरीखर्कको पूर्व गाविस अध्यक्षसमेत हुन् ।
केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन



यो पनि पढौँ


ताजा खबर
सबै
उवासंघ चितवनद्धारा भरतपुर २२ का उद्यमी बन्न चाहाने महिलाहरु आचार बनाउने तालिम सुरु

उद्योग वाणिज्य संघ–चितवनका सदस्यले पुस्पाञ्जली हस्पिटलमा छुट पाउने

चितवनमा रक्तदान सहित सांगीतिक कार्यक्रम गरि पुनस्र्त्थान दिवस सम्पन्न

पुर्बी चितवनमा पुनस्र्त्थान दिवस मनाईदै, रक्तदान पनि हुने

तामाङ पत्रकार संघ चितवनको नयाँ बर्षको शुभकामना तथा भित्तेपात्रो विमोचन सम्पन्न


