१५ फाल्गुन २०८२
मनहरी – ट्राइ–एम बाइबल स्कूल नेपाल (थियोलोजिकल इन्स्टिच्युट) को दोस्रो दीक्षान्त समारोह भब्यताका साथ सम्पन्न भएको छ।
दिक्षान्त समारोह कार्यक्रम मकवानपुर जिल्लाको मनहरी ७ स्थित बङ्गनाम चर्चमा हिजो बिहिबार सम्पन्न भएको हो।
चार वर्षे डिप्लोमा सर्टिफिकेट कोर्स सफलतापूर्वक पूरा गरेका १८ जना विद्यार्थीहरू दीक्षित हुन् । यस कोर्समार्फत विद्यार्थीहरूलाई बाइबलीय ज्ञान, आत्मिक नेतृत्व र व्यवहारिक सेवकाइसम्बन्धी तालिम प्रदान गरिएको थियो।
उक्त पाठ्यक्रममा २४ वटा विभिन्न विषयहरू समावेश थिए। यी विषयहरू संयुक्त राज्य अमेरिकाबाट आउनु भएका ८ जना योग्य शिक्षकहरू (अधिकांश पीएचडी डिग्रीधारी) द्वारा अध्यापन गरिएको थियो। उहाँहरूको समर्पित शिक्षणले विद्यार्थीहरूको आत्मिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।
नेपालमा सञ्चालित यस कार्यक्रमको पास्टर कुमार सिंह प्रजाले चार वर्षसम्म सम्पूर्ण शैक्षिक गतिविधिहरूको कुशलतापूर्वक समन्वय गर्नुभएको थियो।
फादर सुनिल मोक्तानले संचालन गरेको दीक्षान्त समारोह कार्यक्रममा विभिन्न चर्चका अगुवा, अभिभावक तथा विश्वासीजनहरूको उत्साहजनक उपस्थिति रहेको थियो।












































