२०८३ वैशाख १६, बुधबार
१२:१६:४७ दिउँसो

खैरहनी घटना प्रकरण : खुकुरी प्रहारबाट घाइतेले न्याय नपाएको गुनासो

Sahayatri Logo Square
Sahayatri Khabar
२०८२ असार २, सोमबार

२ असार २०८२
चितवन ।
चितवनको खैरहनी-८ स्थित आहार क्याफेमा खाजा खाइरहेका बेला खुकुरी प्रहारबाट घाईतेहरुले न्याय नपाएको गुनासो गरेका छन् ।

गत बैशाख ३० गते दिउँसो आहार क्याफेमा खाजा खाने क्रममा एक समुहले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। सो बेला गैंडाकोट बस्ने सरोज क्षेत्री लगायतका ३/४ जना व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनीहरूलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले जानकारी दिएका थिए।

खुकुरी प्रहारबाट चितवनको राप्ती-४ बस्ने २८ वर्षीय दिपेन्द्र सिंह गोलेको बायाँ हातको नाडीमा गहिरो चोट, राप्ती-२ बस्ने २८ वर्षीय गणेश लामाको बायाँ हात र तिघ्रामा चोट लागेको थियो यसैगरी खैरहनी-९ सिमलटाँडी बस्ने २७ वर्षीय अमृत आचार्य पनि घाइते भएका थिए। गम्भीर घाइतेहरु चितवनको एक हस्पिटलमा अझै उपचाररत रहेका छन् । तर उदेकलाग्दो कुरा के छ भने घटना घटेको महिनौं बितिसक्दा पनि खुकुरी प्रहार गर्ने समूह अझै कानूनको पहुँचभन्दा बाहिर रहेका छन् । चितवनका प्रहरी प्रशासनले उनीहरुलाई अहिलेसम्म कानुनको कठघरामा उभ्याएका छैनन् । ती अभियुक्तहरू खुलेआम सामाजिक सञ्जालमा भिडियोहरू पोस्ट गर्दै, नेपाल प्रहरीको असक्षमता र निरीहता माथि व्यङ्ग्य गर्दै हाँसोको पात्र बनाइरहेका छन्।

पीडितहरु अस्पतालमा जीवन र मृत्युबीच संघर्ष गरिरहंदा थोरै भएपनी मल्हम लगाउने कार्य प्रहरी प्रशासनबाट नभएको पीडितहरु बताउँछन् । राज्यको संयन्त्रले न त अपराधी खोज्न सफल भएको छ, न त कुनै जवाफदेही प्रतिवेदन नै सार्वजनिक गरेको छ। अपराधी खुलेआम हिँड्ने, सामाजिक सञ्जालमा उन्मुक्तताको उत्सव मनाउने र प्रहरी प्रशासनले कुनै जवाफ नदिनुले समग्र देशको कानून व्यवस्था र आम नागरिकको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68