२०८३ वैशाख १६, बुधबार
७:४४:३५ बिहान

चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती हुने

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ माघ २, बुधबार

चितवन, माघ २ –
उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ ।

महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको आठौं दिन भोलि माघ ३ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

महोत्सव सांस्कृतिक कार्यक्रम समितिका संयोजक नारायण प्रधानका अनुसार भोलि दिउँसो ३ः०० बजेपछि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती रहने छ ।

११ः३० बजेपछि (E-STABDHA / ARYAN & THE CLUSTER) को लाइभ ब्याण्ड र जादुगर बलराम सरकारको प्रस्तुती रहने छ । यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, नेपाल दराइ उत्थान कावासोती, प्रतिभा मञ्च – २०८१ विजेता चितवन, थारु कल्याणकारी सभा चितवन, नेपाल चेपाङ् संघ चितवन, नेपाल कुमाल समाजको प्रस्तुती रहने छ । यसै गरी लोक संस्कृति तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नारायणगढले लाखे नाच समेत प्रस्तुत गर्ने छ ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम भइरहेको छ ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68