२०८३ जेठ २४, आइतबार
८:०२:२७ राति

चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती रहने

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ पुस २९, सोमबार

चितवन, पुष २९ –
उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।

महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको छैठौं दिन भोलि माघ १ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो ३ बजेपछि हिमेश पन्त र सुजिता श्रेष्ठ (केमेडी दरबार) को प्रस्तुति रहने छ । १ बजेपछि आनन्द कार्की र सञ्जना श्रेष्ठको प्रस्तुती रहने छ ।

त्यसैगरी दिउँसो ११ः३० बजेपछि शब्द/नेटिभ्स (SHABDHA / NATIVES) को लाइभ ब्याण्ड रहने छ ।
यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, सेन्ट पल चिल्ड्रेन्स होम, तमु ह्युला छोंज धि, दुरा सेवा समाज चितवन, नेपाल बोटे समाज, चितवन डान्स सेन्टर, नेपाल मगर संघ, भोर्ले युवा समाज, प्रतिभा मञ्च बिजेता कावासोतीको प्रस्तुती रहने छ ।

महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ ।

चितवन महोत्सव अन्तर्गत नै आजबाट नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल समेत सुरु भएको छ । 

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
151.62
152.22
1
176.47
177.17
1
204.25
205.06
1
192.51
193.27
1
108.29
108.72
1
109.25
109.68
1
118.15
118.62
10
9.48
9.52
1
22.41
22.50
1
41.62
41.79
1
4.65
4.67
1
41.28
41.45
100
9.85
9.89
1
16.24
16.30
1
23.61
23.70
1
19.35
19.43
1
493.96
495.91
1
402.07
403.66
1
393.80
395.36