मनहरी।
१४ पौष २०८१
मनहरी गाउँपालिका ५ बसन्तपुरमा आइतबार साँझ बाघले एक बृद्धालाई मारेको छ । घाँस काट्न बारीको छेउमा गएकी ७२ बर्षीया कान्छीमाया रुम्बा बाघको आक्रमणमा पर्नु भएको हो ।
घाँस काट्न गएको लामो समयसम्म पनि नफर्केपछि खोज्ने क्रममा गएका युवाहरुले कान्छीमायाँ भागेकोजस्तो देखेपछि पछ्याउने क्रममा शव भेटिएको हो ।
‘बाघले कान्छीमायालाई बोकेर हिँडेको हुनुपर्छ’, ५ नं वडाध्यक्ष दीपेन्द्र अधिकारीले भन्नुभयो–‘भीडभाड देखेपछि बाघले लास छाडेर भागेको अनुमान गरिएको छ ।’
शवको टाउको तथा तिघ्राका भागको मासु बाघले लुछेको अबस्थामा छ । अहिले घटनास्थलमा भीडभाडसँगै त्रास बढेको छ । घटना स्थल मनहरी गाउँपालिका वडा नं ५ को कार्यालयबाट १ सय मिटर पश्चिमतर्फ पर्दछ । मनहरीलाईभबाट साभार
मनहरी ५ बसन्तपुरमा बाघले मान्छे मा¥यो



यो पनि पढौँ


ताजा खबर
सबै
रत्ननगर वडा नं. १५ को आगामी वर्षका लागि ११० लाखको बजेट अनुमान

एनसिएफ नेपाल बागमती युवाद्वारा ३ दिने फोटोग्राफी तालिम सम्पन्न

चितवनका विकट चेपाङ बस्तीमा ‘सुन्दर नेपाल सरसफाइ अभियान’द्वारा राहत वितरण

निश्चल तामाङद्वारा NCFN अध्यक्ष पदको उम्मेदवारी फिर्ता

अब न्यूनतम पारिश्रमिक ४० हजार, अधिकतम १ लाखभन्दा बढी









































