२०८३ जेठ २४, आइतबार
११:५४:४६ राति

प्रथम राप्ती ख्रीष्टमस कपको फाईनल भोली, राप्ती २ र ६ भिड्दै

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ मंसिर २४, सोमबार

२४ मंसिर २०८१
राप्ती।
चितवनको राप्तीमा प्रथम राप्ती ख्रीष्टमस फुटबल कप भोलि फाईनल हुने भएको छ। राप्ती ख्रीष्टियन जवान संगती द्वारा आयोजना गरिएको कार्यक्रम गत २२ गते शुरु भएको हो।

आज भएको सेमिफाइनल खेलमा राप्ती ५ संग ६ र ११ नम्बर वडा संग २ नम्बर वडा प्रतिस्पर्धा गरेका थिए। जसमा वडा नम्बर २ र ६ नम्बर वडाले आज सेमिफाइनल जित हासिल गरेसंगै भोलि फाईनलमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। वडा नम्बर ६ का टिम कप्तान गायस लामाले भोलि हुने फाईनल खेलमा आफ्नो वडाको टिमले जितेर छाड्ने बताएका छन, यसो त २ नम्बर वडाको टिमले समेत हामी जितेर छाड्छौं भन्ने अभिव्यक्ति दिईसकेका छन। भोलीको खेलको रौनकता अझ राम्रो र कडा हुने देखिएको छ। बिजेता पहिलो टिमले पच्चीस हजार नगद पुरस्कार, मेडल, प्रमाणपत्र सहित प्रथम राप्ती ख्रीष्टमस कप उचाल्नेछन भने द्वितीय हुने टिमले पन्ध्र हजार नगद पुरस्कार सहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन।

ख्रीष्टमसको अबसरमा आयोजित ´प्रथम राप्ती ख्रीष्टमस कप – 2024´ का संयोजक एवम् राप्ती ख्रीष्टियन जवान संगतिका अध्यक्ष प्रकाश सुनारले खेलद्वारा प्रभु येशुको जन्मोत्सव झल्किउन र खेलको माध्यमद्वारा सबै मानिसमा एकता कायम हुन सकुन भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले भोलि हुने फाइनल खेलमा महिलाहरुको बिचमा मैत्रीपुर्ण खेल समेत हुने जानकारी दिए। भोलिको खेल दिउँसो १ बजेबाट शुरु हुने भएकोले सबैजना समयमा उपस्थित हुन अपिल गरेका छन्।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
151.62
152.22
1
176.47
177.17
1
204.25
205.06
1
192.51
193.27
1
108.29
108.72
1
109.25
109.68
1
118.15
118.62
10
9.48
9.52
1
22.41
22.50
1
41.62
41.79
1
4.65
4.67
1
41.28
41.45
100
9.85
9.89
1
16.24
16.30
1
23.61
23.70
1
19.35
19.43
1
493.96
495.91
1
402.07
403.66
1
393.80
395.36