राप्ती।
पुर्बी चितवनको एक बृहत कृसमस महोत्सव कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर शशी खनियाले कृसमसको अबसरमा शुभकामना ब्यक्त गरेका छन। उनले कृसमस भनेको येशु ख्रीष्टको जन्मदिनको उत्सब रहेकोले हरेक बिस्वासीजन लगायतको हृदयमा येशु जन्मिनुपर्ने भनाई राख्दै भनेका छन् – शै´ता´न नभन्नुस तर एकले अर्कालाई प्रेम गरेर, आदरसत्कार गरेर, पास्टर-पास्टरको बिचमा मेलमिलाप राखेर अघि बढ्नुस यहीं नै कृसमसको मुल मर्म हो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खनियाले थप्दै भने क्रिश्चियनको पक्षमा आफू सधैं साथमा रहेकोले आबश्यक परेको सहयोग गर्न पछि नहट्ने समेत प्रतिबद्धता जनाए।
पुर्बी चितवनका कालिका नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिका सहित चार नगरपालिका मिलेर संयुक्त रुपमा खैरहनीमा पुर्बी चितवन बृहत् कृसमस महोत्सव कार्यक्रम गरिएको हो।
खैरहनी नगर ईसाई समाजको आयोजनामा ईसाई समुदायको महान पर्व कृसमस तथा अंग्रेजी नयाँ बर्ष २०२४ को उपलक्ष्यमा आज पुर्बी चितवनको खैरहनी नगरपालिका – ९ स्थित सिमलटांडिको पुन समाज घर प्राङ्गणमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएका थिए।
कार्यक्रममा प्रमुख बक्ताको रुपमा रेभ. पास्टर तिर्थराज गुरौंले पबित्र धर्मशास्त्र बाईबलबाट कृसमस सम्बन्धमा प्रबचन दिएका थिए। यसैबिच विभिन्न चर्चको तर्फबाट नाच तथा नाटक समेत प्रस्तुत गरिएको थियो।
खैरहनी नगर ईसाई समाजका अध्यक्ष पास्टर सन्तोष आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोही नगरका सचीव सुरज बराईलीले सन्चालन गरेका थिए। कार्यक्रममा एन सि एफ नेपालका केन्द्रिय सचीव रेभ पास्टर वीर बहादुर तामाङ, चितवन क्रिश्चियन समाजका अध्यक्ष सानुकोपिला, राप्ती नगर ईसाइ समाजका अध्यक्ष सोमिलाल मुक्तान, चितवन ईसाई समाजका सदस्य बिशाल तामाङ, युथ विथ द मिसनका प्रमुख रेभ. पास्टर शुकदेव गिरी लगायतका पास्टर तथा अगुवा साथै स्थानिय बिशिस्ट ब्यक्तित्वहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।