२०८३ जेठ २५, सोमबार
७:०४:४८ बिहान

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई, राजेश छक्क

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० पुस २७, शुक्रबार

२७ पौष २०८०

काठमाडौं । भोइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जितेका हुन्।
बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।रराजेशपायल राईले भने आफ्नो पोल्टामा जसरी भएपनी उपाधी आउनेमा ढुक्क थिए तर अकस्मात् त्यो नभई मिलन नेवारको समुहबाट बिनोद राईले उपाधी हात पारे।

उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन्।

हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल लगायतका अतिथिले विजेतालाई पुरस्कार प्रदान गरे ।

तीन हजार दर्शक अटाउने गोदावरीको खचाखच सनराइज हलमा तीन घण्टा लामो ग्राण्ड फिनाले चलेको थियो । फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिए ।

भ्वाइसको पाँचौ सिजनका अन्तिम १२ का प्रतिस्पर्धीसहित हिमालय लोकस्टारका जजले पनि सांगीतिक प्रस्तुति दिए । कोच र फाइनलिस्टले प्रस्तुति दिँदा फिनालेको माहोल रोमाञ्चक बनेको थियो ।
चर्चित लोक तथा दोहोरी गायक राजु परियार र बद्री पँगेनीले पनि प्रस्तुति दिए । भ्वाइसको पहिलो सिजनका विजेता सीडी विजय अधिकारीले आफ्नो हिट गीत ‘दूरी मजबूरी’ गाएर दर्शकलाई नचाएका थिए ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
151.62
152.22
1
174.68
175.37
1
202.28
203.08
1
190.41
191.16
1
106.85
107.27
1
108.81
109.24
1
117.47
117.93
10
9.46
9.50
1
22.41
22.50
1
41.62
41.79
1
4.62
4.64
1
41.28
41.44
100
9.72
9.76
1
16.02
16.08
1
23.37
23.47
1
19.35
19.43
1
493.96
495.91
1
402.07
403.66
1
393.80
395.36