२०८३ असार १८, बिहीबार
६:२२:३१ बेलुका

राप्तीका धौलागिरी नौमती बाजा समुहलाई बाजा हस्तान्तरण

Sahayatri Logo Square
Sahayatri Khabar
२०८३ असार १७, बुधबार

राप्ती, चितवन, असार १७ गते । 
राप्ती ८ नम्बर वडा कार्यालयले धौलागिरी नौमती बाजा समुहलाई नौमती बाजा हस्तान्तरण गरेको छ । जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ८ को स्वीकृत कार्यक्रम अनुसार सोही वडाका नौमती बाजा समुहलाई संस्कृति संरक्षणका लागि नौमती बाजा हस्तान्तरण गरिएको हो । 

लोप हुँदै गइरहेको परम्परागत र मौलिक नौमती बाजाको संरक्षणका लागि वडाले नौमती बाजा हस्तान्तरण गरिएको वडा अध्यक्ष पुर्ण प्रसाद आचार्यले बताउनुभयो । उहाँले नौमती बाजाको सहि सदुपयोग गर्दै नयाँ सन्ततिको लागि उदाहरणीय बन्न समुहलाई सुझाब दिदैं वडाको तर्फबाट १ लाख बराबरको २ वटा दमाहा, २ वटा सनाही, २ वटा नरसिंहा र १ वटा ट्याम्को हस्तान्तरण गरिएको जनाउनुभयो।

वडाबाट नौमती बाजा पाएसँगै नौमती बाजा समूह अत्यन्तै खुसी देखिएका थिए । सो समुहका संयोजक रुद्र बहादुर परियारले नौमती बाजा सेट नै प्राप्त गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आफ्नो समूह अहोरात्र लागिपर्ने र अरुलाई पनि प्रेरणा मिल्ने गरी अगाडि बढ्ने भन्दै वडालाई धन्यवाद दिनुभयो ।