२०८३ वैशाख ९, बुधबार
१०:२३:०९ बिहान

चितवनमा रक्तदान सहित सांगीतिक कार्यक्रम गरि पुनस्र्त्थान दिवस सम्पन्न

Sahayatri Logo Square
Sahayatri Khabar
२०८२ वैशाख ७, आइतबार

७ बैशाख २०८२
प्रकाश तामाङ
चितवन ।
पुर्बी चितवनका इसाईहरुले येशु ख्रीष्टको पुनस्र्त्थान दिवसको अबसर पारेर बृहत पुनस्र्त्थान दिवस अर्थात इस्टर महोत्सव मनाएको छ ।

बागमती प्रदेश पुर्ब अर्थमन्त्री एवम् सांसद माननीय जे एन थपलियाको प्रमुख आतिथ्यतामा चितवनको टांडिमा कार्यक्रम गरिएको हो। थपलियाले पुनस्र्त्थान दिवसले ईसाइ मात्र नभई समग्र नेपाली जगतको उन्नति, प्रगती र देशमा शान्ति कायम हुन सकुन भन्दै शुभकामना ब्यक्त गरे। येशुले आफू क्रुशमा चढेर मरेर मात्र नभई बौरी उठेर सारा मानव जगतलाई जीवन दिए झैं सबै नेपालीहरु येशु जस्तै बन्न सकेमा मात्र सार्थकता मिल्ने बताए।

पुर्बी चितवन संयुक्त इस्टर महोत्सव समितिको आयोजनामा राप्ती नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका र कालिका नगरपालिका गरी चारै पालिकाको सम्पूर्ण मण्डलीहरुको संयुक्त सहभागितामा विहान ७ बजे राप्ती लोथरको फुटबल चौरमा प्रार्थना सहित र्याली सुरु भई रत्ननगर नगरपालिकाको टांडी बसपार्क प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा रक्तदान कार्यक्रम, सांगीतिक कार्यक्रम हुनुका साथै धर्मशास्त्र बाईबलबाट ´इस्टरका प्रतिबद्धताहरु´ बिषयक प्रबचन बक्ता रेभ पास्टर तिर्थ गुरौंले प्रस्तुत गरेका थिए।

कार्यक्रममा हजारौंको संख्यामा इसाई समुदायका पास्टर, बिस्वासिहरु उपस्थित भएका थिए । कार्यक्रमका संयोजक एवम् पास्टर कृष्ण पाण्डेले इस्टर महोत्सव येशु ख्रीष्टको पुनस्र्त्थान अर्थात बौरी उठेको दिनको सम्झना गरि देशमा शान्ति र सुब्यबस्था कायम राख्न प्रार्थना सहित मनाईएको बताए।

पुर्बी चितवनका इसाईहरुले हरेक बर्ष पुनस्र्त्थान दिवस महोत्सवको रुपमा मनाउदै आएको छ।