२०८३ वैशाख १९, शनिबार
७:५४:१० बिहान

राप्तीमा आगामी आर्थिक वर्षको बजेट ९७ करोड ५६ लाख ५७ हजार

Sahayatri Logo Square
Sahayatri Khabar
२०८२ असार २१, शनिबार

२० असार २०८२

चितवन, राप्ती । चितवनको राप्ती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएको छ ! आगामी वर्षका लागि यो नगरपालिकाले ९७ करोड ५६ लाख ५७ हजार ८ सय ४९ रुपैयाँ बराबरको अनुमानित आयव्याय सार्वजनिक गरेको हो । नगरको शुक्रबार सम्पन्न नगर सभामा उपप्रमुख देवेन्द्र लामाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।

उपप्रमुख लामाले प्रस्तुत गरेको बजेट अनुसार आगामी वर्षका लागी संघीय समानिकरणबाट १६ करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट १४ करोड ७६ लाख ३५ हजार ३ सय ९ रुपैयाँ, संघीय शशर्तमा ३४ करोड ७८ लाख, संघीय विशेष अनुदान२ करोड १५ लाख, संघीय समपुरक ८७ लाख रुपैयाँ आम्दानी हुने छ ।

त्यस्तै प्रदेश समानिकरणबाट १ करोड ६८ लाख ४६ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ६ करोड ८ लाख २० हजार ५ सय ४० रुपैयाँ , प्रदेश शशर्तबाट ४ करोड २४ लाख ५६ हजार, प्रदेश विशेष अनुदान ६५ लाख, प्रदेश समपुरकबाट १ करोड ८४ लाख रुपैयाँ अनुमान गरिएको छ । नगरपालिकाले आन्तरिक श्रोतबाट १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको उपप्रमुख लामाले बताए । अनुमानित बैंक मौज्दात ४ करोड रुपैयाँ रहेको छ ।

नगर सभामा नगर प्रमुख शमशेर लामाले आगामी वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रमुख लामाका अनुसार परिवारसंग छुट्टिएका ,एक्लो बेसाहारा भई सडकमा बास बस्न बाध्य नागरिकलाई मानव सेवा आश्रमसंग सहकार्य गरि सडक मानवमुक्त नगर घोषणा गरिनेछ । यसका लागि मानव सेवा आश्रम चितवनसंग सहकार्य गरि आश्रय वा परिवारसंग पुर्नमिलन गरिनेछ । आगामी बर्षदेखि जन आदर्श बहुमुखी क्याम्पसको स्वामित्व नगरपालिकाले लिने निति लिएको छ ।

क्याम्पसको स्वामित्व कानुन बमोजिम लिई स्नातक तह र स्नातकोत्तर तहको कक्षा संचालनलाई प्रभावकारी बनाईने प्रमुख लामाले बताए । प्रमुख लामाका अनुसार नगर प्रमुख बिपन्न स्वास्थ्य बिमा कार्यक्रम, निशुल्क रगत, एक कलको भरमा निशुल्क एम्बुलेन्स तपाईंको घरमा, जनता केयर कार्यक्रम, जन्मदिनमा निशुल्क स्वास्थ्य परिक्षण, नगरमै सुत्केरी सेवा, पुर्ण खोप घोषणा कार्यक्रमलाई निरन्तरता दिइनेछ । शिक्षा तर्फ पढ्न पैसा पर्दैन, नमुना बालबिकास केन्द्र, छात्राबास संचालन गरिनेछ ।

कृषिमा कफि जोन, वडामै गोवर परिक्षण, कृषि एम्बुलेन्स संचालन, एक वर्ष सय घर, नगरका चोकचोकमा इन्टरनेट, चिउरी चमेरो कार्यक्रम, उज्यालो राप्ती कार्यक्रम अघि बढाइने प्रमुख लामाले बताए ।

त्यस्तै स्वर्गीय जेपि भेटवालको सम्झनामा वडा नम्बर ५ मा रहेको नागदह खहरे खोला चौरमा जेपि प्रतिष्ठान गठन गर्ने, प्रजातान्त्रिक सेनानी स्वर्गीय छेकु लामाको सम्झनामा संचालनमा रहेको छेकु लामा प्रतिष्ठान संग सहकार्य गरि राप्तीको वडा नम्बर १० मा डम्फु जोन निर्माण तथा प्रतिमा स्थापना गरि आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने नगरपालिकाको निति तथा कार्यक्रम रहेको छ । नगर सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक निति तथा कार्यक्रम, आर्थिक विद्ययक २०८२, बिनियोजन विद्ययक २०८२, जन आदर्श बहुमुखी क्याम्पसको विधान, विभिन्न समितिको प्रतिबेदन सर्वसम्मत रूपमा पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर ओलिले जानकारी दिए ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
151.56
152.16
1
178.16
178.86
1
206.39
207.21
1
194.28
195.05
1
109.09
109.52
1
111.74
112.18
1
119.09
119.57
10
9.68
9.72
1
22.20
22.28
1
41.59
41.76
1
4.66
4.67
1
41.26
41.43
100
10.29
10.33
1
16.42
16.48
1
23.84
23.94
1
19.34
19.42
1
494.08
496.04
1
401.35
402.94
1
393.64
395.20