२०८३ वैशाख १६, बुधबार
९:१४:२९ बिहान

बेरोजगार मात्र होइन, अयोग्य पनि भयौँ

Sahayatri Logo Square
Sahayatri Khabar
२०८१ चैत ७, बिहीबार

– राजेश रुम्बा लामा
देशमा विद्यमान शैक्षिक प्रणालीकै कारण हामी थप बेरोजगार हुन बाध्य छौं । देशमा राजनैतिक अस्थिरता त छँदैछ त्यसमाथि हामीले लिँदै आएका वा दिँदै आएका शिक्षा गुणस्तरीय, व्यावसायिक, रोजगारीमुलक र व्यावहारिक शिक्षा नहुँदा थप देशमा बेरोजगार बढेको छ ।
पढ्नको लागि मात्रै पढ्ने वा पढाउने त्यस माथि पढेर उच्च शिक्षा हाँसिल गरेको प्रमाणपत्रको खोस्टो बोकेर, देखाएर के कसरी हुन्छ विकसित मुलुक लाग्ने, आफ्नो लागि मात्रै धन सम्पति कमाउने मनसायले निजी वा सरकारी विद्यालयमा अध्ययन, अध्यापन गरिदिंदा देश सुहाउँदो युवा शक्ति मात्रै घटेका छैनन्, देश विकासको लागि आवश्यक जनशक्ति पनि घटेका छन् । यो देश सुहाउँदो युवा शक्ति पाउन छाडेका छन् ।
कुनै पनि देश विकास हुनुमा त्यहाँको युवा शक्तिको भूमिका महत्त्वपुर्ण हुन्छ नै ती युवा शक्तिलाई आफ्नो देश सुहाउँदो शिक्षा र चेतना दिन सकेमा बेरोजगार न्यूनीकरणमा पनि ठूलो मद्दत पुग्ने थियो । अहिले युवा शक्ति छैन भनौ भने दिनहुँ हजारौँको संख्यामा युवा रोजगारको लागि देश छाड्दै छन्, छन् भनौं यो देशमा चाहिने आवश्यक सिप र ज्ञान भएका योग्य युवा पाउन मुस्किल छन् ।
उदाहरणको लागि बेरोजगार भनिएका १०० जना युवालाई अगाडि राखेर तपाई हामीलाई चाहेको कामदार खोज्नुस् मुस्किलले १० जना भेटिएला कि नत्र सबै पढेको छु भन्ने हातमा पढेको प्रमाणपत्र बाहेक कुनै सिप हुने पाउन गारो छ । देशका कलकारखाना बन्द हुनु, देशमा कुनै पनि खनिज स्रोतको उत्खनन् र निर्यात गर्न नपाउनु भनेको देश र जनताले समृद्धि हासिल गर्न नपाउनु हो ।
देशमा उपलब्ध खनिज सम्पदाको अध्ययन, अन्वेषण तथा उत्खनन् गर्ने र सो कामका लागि युवा शक्तिलाई अगाडि सारे मात्रै पनि यी दुबै कुरालाई उत्तम हुने थियो । खैर ! देशमा उपलब्ध खनिज सम्पदाको अध्ययन, अन्वेषण तथा उत्खनन् गर्ने र सो कामका लागि अनुमति दिने निकाय खानी तथा भूभर्ग विभाग हो । विभागको संयोजनमा विभिन्न समयमा भएका अन्वेषणले देशको विभिन्न भागमा फरकफरक खालका अत्यावश्यक र बहुमूल्य खनिज पदार्थ लुप्त रहेको पुष्टि गरेको पनि छ ।
तर बिडम्बना देशमा यति धेरै खनिजको सम्भाव्यता हुँदाहुँदै पनि तिनको उत्खनन् कार्य गर्न र यसप्रति युवालाई सचेत गराउन सरकार चुकेका छन् । भनौ यसको लागि विगतका आर्थिक वर्षहरूमा निकै थोरै मात्र बजेट छुट्टिने गरेका छन् । खानी तथा भू–गर्भ विभागको तथ्यांकअनुसार नेपालको तराई क्षेत्रमा मुख्यतः पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीको ठूलो भण्डारण रहेको देखाएका छन् ।
चुरे पहाडमा कोइला, युरेनियम, फलाम, स्यान्डस्टोन तथा पेट्रोलियम पदार्थ उपलब्ध छन् ।
त्यस्तै, तल्लो हिमालय शृंखला (महाभारत पर्व)मा तामा, फलाम, चुनढुंगा तथा डोलोमाइट उपलब्ध छन् । माथिल्लो हिमालय शृंखलामा युरेनियम, विभिन्न खालका महत्त्वपूर्ण पत्थर र मार्बल पाइएको छ ।
तल्लो र माथिल्लो हिमालय शृंखलाको सीमामा किमती तथा अर्धकिमती पत्थर, रुबी, गार्नेट, बेरिल, टर्मालाइन जस्ता महत्वपुर्ण पत्थर भेटिएका छन् । उच्च हिमालय क्षेत्रमा चुनढुंगा, नुन, मार्बल तथा शालीग्राम भेटिएको छ भने गणेश हिमालमा जस्ता र सिसाको भण्डार फेला परेको छ । तर गर्ने के ? राज्य नै सुस्त र लिनु पर्ने चासो नलिदिए पछि घुरानामा हिरामोती खानी भए पनि “खासामा सुन छ कान मेरो बुच्चे“कथन भएको छ ।
एकातिर देश बाहिरी ऋणमा डुबेको डुबै छ, अर्को तिर बेरोजगार नाममा युवा शक्ति कुलतमा फस्ने र रोजगारको लागि देशबाट बाहिरिएको बाहिरिए छन् । सरकारी तवरबाट चल्ने कुनै पनि उद्योग कलकारखाना त ठप्पै छन् निजी स्रोतबाट खोलिएका उद्योग, कलकारखाना पनि जन–शक्ति अभावमा चल्न सक्ने अवस्था छैन ।
यसो हुनुमा राज्यलाई कर तिरेर केही गर्छु भन्ने व्यवसायीलाई गर्नु पर्ने र दिनु पर्ने सेवा सुविधा राज्यबाट नहुनु, बेरोजगार भनिएका यहाँका युवाहरु आफैमा सिपहीन हुनु र त्यसभन्दा ठूलो कुरा इमान्दारिता कामदार नपाउनु निजी व्यवसायीहरुको लागि चुनौति बनेको छ ।
कमाउन चाहन्छन तर कोही पनि इमान्दारपूर्वक निरन्तर परिश्रम गर्न नचाहनु, गरी खाने मजदुर थप बेरोजगार बन्नु हो भने उघोगी व्यवसायी बन्द हुनु पनि हो । हामी त्यसै गरिबी भएका होइनौ । हाम्रो सोचाई र काम गराई नै गरिब र नकारात्मक हुनुले हामी गरिब हुनु परेको हो ।
हामीले गरेर न उद्योग कलकारखाना चलेको छ भन्ने मजदुरको मनमा यही उद्योग कलकारखाना भएर नै मेरो घर परिवार चलेको छ भन्ने सकरात्मक सोचाई हुन आवश्यक छ त्यसैगरी उद्योगी व्यवसायीले पनि आफ्नो कामदारको बारेमा पनि समयानुकुल बेलैमा तलब दिनेदेखि लिएर मजदुरको स्वास्थ्यमा ख्याल राखी दिए दुबैलाई लाभ हुने कुरामा दुई मत छैन । किनकि स्वस्थ मजदुर नै व्यवसायीको व्यवसायिक घरको बलियो खम्बा हुन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । यी मध्ये युवाको जनसंख्या ४२.५६ प्रतिशत अर्थात् १ करोड २४ लाख १२ हजार १ सय ७३ छन् । यति ठूलो युवा जनसंख्या भएको युवालाई सही नीति साथ देश विकासमा परिचालन गर्न सके देशले विकास र परिवर्तनमा फड्को मार्ने थियो ।
बिडम्बना ७० प्रतिशतभन्दा बढ़ी युवा देशभित्र बसेर दैनिक जीवनयापन गर्नसमेत नसकिने भएपछि यहाँ बसेर केही हुन्न भन्ने धेरै युवा विदेशिएका छन् । ती युवा पनि अधिकांश कम तलब एवं सुविधा हुने खालका काममा विदेश गएका छन । यी सबै हुनुको कारण पनि व्यवहारिक ज्ञान सिप नहुनुले हो । र पनि देश तिनै अन–इस्किल लेबरको रेमिटेन्सले धानेको छ ।
यदि ती युवालाई साँचिकै व्यवहारिक शिक्षा दिएका वा जानेका भए त्यसरी सस्तो भाउमा श्रम बेच्नु पर्ने थिएन । जसकारण स्वयम युवा र देशले ठूलो धन राशी भित्र्याउँथे । त्यसैले अब देश सुहाउँदो शिक्षा प्रणाली वा व्यवहारिक शिक्षा लागू गर्नुको विकल्प छैन ।
साथै प्रमाणपत्रको लागि मात्रै उच्च शिखा पढ्नु वा पढाउनुको सट्टा विद्ययालय लेबल सकेपछि अनिवार्य श्रम शिक्षा अर्थात व्यवहारिक शिक्षा, तालिम धरानका मेयर हर्क साम्पाङ्ग र काठ्माण्डौका मेयर बालेन शाहले जसरी दिन स्थानीय सरकार अग्रसर भयो भने प्रभावकारी हुने देखिन्छ ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68