२०८३ वैशाख १६, बुधबार
८:३१:१० बिहान

माघ १६ देखि मनहरी महोत्सव हुने

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० माघ २, मंगलबार

२ माघ २०८०


मनहरी – पश्चिम् मकवानपुरको मनहरी बजारमा आगामी माघ १६ गतेदेखि मनहरी महोत्सव हुने भएको छ । मनहरी पुल नजिकैको खोला किनारमा पाँचौं मनहरी महोत्सवको आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलनमार्फत आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिले जनाएको छ ।
माघ २८ गतेसम्म चल्ने महोत्सवमा मकवानपुरको राक्सिराङ, कैलाश र मनहरीमा उत्पादित स्थानीय उत्पादनको बिक्री तथा प्रवद्र्धनलाई प्राथमिकता दिइने मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धरले जानकारी दिए ।
महोत्सवको व्यवस्थापनका लागि सभापति मानन्धरणको संयोजकत्वमा मूल समिति गठन भएको छ भने पश्चिम क्षेत्र समितिमा रहेका २३ जना कार्य समिति सदस्य र पदाधिकारीहरु सबैलाई फरक फरक बिषय र क्षेत्रका संयोजक तोकेर २३ वटा समितिहरु निर्माण गरिएको छ ।
संघका निवर्तमान सभापति नारायण सुवेदीले पश्चिम मकवानपुरको मौलिक उत्पादनको प्रवद्र्धनमा महोत्सवले ध्यान दिएको बताए । चौथो मनहरी महोत्सवमा ‘लोकल कुखुरा, घट्टमो पिसेको मकै, कोदोको पिठोको व्यापार राम्रो भएको स्मरण गर्दै उनले यस भेगमा उत्पादन हुने मास, गहत, भटमाससहितका कृषि र पशुजन्य उत्पादनको प्रवद्र्धन गर्न मेला केन्द्रित भएको बताए ।
आयोजकका अनुसार महोत्सवमा १५० वटा स्टल रहनेछन् । यीमध्ये स्थानीय कृषि, पर्यटन, पशुपंक्षी लगायतको प्रवद्र्धनका लागि २० वटा स्टल मनहरी, कैलाश र राक्स्रिाङ गाउँपालिकाको सिफारिसमा निःशुल्क व्यवस्था गरिएको छ । महोत्सवमा हात्ती सफारीमार्फत वन्यजन्तुको अवलोकनको व्यवस्था पनि गरिने संघका महासचिव पदमबहादुर तितुङले बताए ।
प्रचारप्रसार समितिका संयोजक राजु राउतका अनुसार महोत्सवका लागि प्रचारात्मक कार्यक्रम सुरु भइसकेको छ । अन्य तयारीका कामहरु धमाधम भइरहेको आयोजकले जनाएको छ ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.97
151.57
1
176.57
177.27
1
203.55
204.36
1
191.16
191.92
1
108.13
108.56
1
110.46
110.90
1
118.18
118.65
10
9.45
9.49
1
22.08
22.17
1
41.41
41.58
1
4.64
4.66
1
41.10
41.26
100
10.23
10.27
1
16.28
16.34
1
23.63
23.72
1
19.26
19.34
1
492.72
494.68
1
400.19
401.78
1
392.12
393.68