२०८३ वैशाख ११, शुक्रबार
८:३०:०९ बिहान

गायक तथा संगीतकार योगेश वैद्यको निधन, पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० माघ ५, शुक्रबार

५ माघ २०८०
काठमाडौं। गायक तथा संगीतकार योगेश वैद्यलाई संगीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।
शवमा पुष्पगुच्छा अर्पण गर्दै संगीतकर्मीले नेपाली संगीतमा वैद्यले पुर्‍याएको योगदानको स्मरण गरे । वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीतकारहरु चेतन सापकोटा, बसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायतले फूलमाला समर्पण गरेर वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरे । नेपाल संगीतकार संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।

७७ वर्षीय गायक तथा संगीतकार वैद्यको बिहीबार राति साढे १२ बजे काठमाडौंको सुन्धारास्थित भ्याली अस्पतालमा निधन हो । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए।

उनका ‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायत गीत लोकप्रिय छन् । उनले नेपाल भाषाका गीतसमेत गाएका छन् ।

वैद्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले जानकारी दिए ।

Brothers Poultry farm

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

100
160.00
160.15
1
150.28
150.88
1
175.56
176.26
1
202.80
203.61
1
191.34
192.11
1
107.31
107.74
1
109.93
110.37
1
117.67
118.14
10
9.41
9.45
1
21.99
22.07
1
41.22
41.39
1
4.63
4.65
1
40.92
41.08
100
10.14
10.18
1
16.26
16.32
1
23.49
23.59
1
19.19
19.26
1
490.15
492.11
1
397.83
399.42
1
390.33
391.89