चितवन। नेकपा (एकीकृत समाजवादी) चितवन जिल्ला कमिटीले पार्टीका जिल्ला सदस्य तथा युवा संघ नेपाल चितवन जिल्ला कमिटी अध्यक्ष हर्क बहादुर तामाङ माथि आक्रमण गरिएको घटनाको भत्सना गर्दै आक्रमणकारीलाई कारबाहीको माग गरेको छ ।
सो पार्टीको जिल्ला कमिटीले आज एक विज्ञप्ती जारी गरी ज्यान मार्ने नियतका कारण आक्रमण गरिएको भन्दै दोषीको पहिचान गरी कारबाही गर्न माग गरेको हो । पार्टी कामको शिलशीलामा लोथर हुर्दै फर्कने क्रममा मंगलबार राती करिव साढे ८ बजे राप्ती वडा नं. ७ विरेन्द्रनगर चोकमा पारिवारिक भेट गरी गाडीमा बसीसकेको अवस्थामा अज्ञात समूहले धारिलो हतिहार प्रयोग गरी तामाङ माथि भएको आक्रमण विज्ञप्तीमा जनाइएको छ ।
सो पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र कुमार कन्दङ्वाले निकालेको विज्ञप्तीमा कानुन हातमा लिएर आपराधिक कार्यमा संलग्न दोषीलाई तत्काल नियन्त्रणमा लिई कडा भन्दा कडा कारबाही गर्न समेत सम्बन्धित निकायसंग माग गर्दछौ भनिएको छ । साथै यस प्रकारको आपराधिक कार्य गरि समाजमा शान्ति सुरक्षा खलल गर्ने व्यक्ति तथा समुह माथि कडा निगरानी राख्दै समाजमा अमनचयन कायम गर्न समेत आग्रह गरिएको छ ।
नेकपा(एस)द्वारा हर्क तामाङ माथि भएको आक्रमणको भत्सर्ना



यो पनि पढौँ


ताजा खबर
सबै
राप्तीमा लालपुर्जा बितरण: भुमी आयोग चितवनको ऐतिहासिक सफलता

राप्तीमा घटस्थापनाको दिन लालपुर्जा बितरण, वृद्ध आमा खुशीले भक्कानिईन

तामाङ चलचित्र ´ए ङाला ह्राङबा माया´ चितवनमा भब्य प्रदर्शन।

Gen-Z Movement – Police Open Fire Indiscriminately, 19 Dead, 422 Injured

चितवन उवा संघका सदस्यले हस्पिटालिटि एवम् फिटनेश सेवामा छुट पाउने
