७ फाल्गुन २०८२
राक्सिराङ, मकवानपुर ।
श्रम संस्कृति पार्टी राक्सिराङ गाउँपालिकाले बृहत् श्रमदान तथा गाउँ कमिटी गठन कार्यक्रम गर्ने भएको छ। श्रमदान एवम् बृहत् भेला कार्यक्रम वडा नम्बर ३ स्थित जलपरी झरना क्षेत्रमा गरिने गाउँपालिका संयोजक मान बहादुर मुक्तानले बताए । सो स्थानमा सरसफाई लगायतका कार्यक्रम गरिने समेत जानकारी दिए। देशमा दिनानुदिन बढ्दै गएको भ्रष्टाचार साथै पुरानो दलले जनताको माग बमोजिम काम नगरेको र श्रम संस्कृति पार्टी नै देश बिकासको कोशेढुङ्गा रहेको बताउदै सो को लागि राक्सिराङमा श्रम संस्कृति पार्टी जन्मिएको उनले ठोकुवा गरे । कार्यक्रम यहीँ फाल्गुन ९ गते शनिबार दिउँसो १ बजे सयौं श्रमदाताहरुको सहभागीतामा हुने बताईएको छ।
संयोजक मुक्तानले ९ वटै वडाका सम्पुर्ण माटोप्रेमी जनताहरुलाई सहभागीता जनाउन सबैमा अपिल गरेका छन् ।
कार्यक्रममा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार एवम् पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिन्तान र समानुपातिक उम्मेदवार एवम् केन्द्रिय सदस्य मन्दिरा मुक्तान समेत आउने बताइएको छ। मन्दिरा मुक्तान श्रम संस्कृति पार्टीको समानुपातिक उम्मेदवार सुचि तर्फ १ नम्बरमा पर्छिन, सम्भवत: उनि समानुपातिक सांसदको लागि शतप्रतिशत बिजयी उम्मेदवार हुन् ।
श्रम संस्कृति पार्टी नयाँ पार्टी हुन् यि पार्टी धरानका निबर्तमान मेयर हर्क साम्पाङले खोलेका हुन् । उनले श्रमदान अभियान गरेर सबै नेपालीको मन जित्न सफल भएको हो। जसले एक गाउँ एक उध्योग, शून्य भ्रष्टाचार, अनिबार्य श्रमदान लगायतका एजेन्डा बोकेर जनतामाझ लोकप्रिय हुन सफल भएको छ। जसकारण हर्कपथ नै देश बिकाशको आधार हुन् भनेर सबै जनताहरु लागि परिरहेको सर्बत्र देखिन्छ।











































