प्रकाश तामाङ
२०८२ असोज ६, राप्ती चितवन।
भुमि समस्या समाधान आयोग जिल्ला समिति चितवनले राप्तीकाे वडा नं. ६, ७ र ११ का सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरेका छन्। दशैंको पहिलोदिन अर्थात घटस्थापनाको अबसर पारेर राप्तीबासीलाई लालपुर्जा बितरण गरिएको हो।
सोमबार एक कार्यक्रमका बिच राप्ती ६ का ९ जना, राप्ती ७ का १२ जना र राप्ती ११ का ५ जना गरि २६ जना भुमिहिन राप्तीबासीलाई लालपुर्जा प्रदान गरिएको हो।
लालपुर्जा पाएपछी गाउँका जनताहरु खुशीले भावुक भएका छन् । राप्ती ७ स्थित एक वृद्ध आमाले आयोग अध्यक्ष ईमान सिंह लामासमक्ष भक्कानिदै लालपुर्जा आफ्नो जिवनकालमा पहिलोपटक हातमा थमाउन पाउदा अत्यन्तै खुशी मात्र नभई खुशीको आँसु बगेको बताईन। यस्तै गरि राप्ती ११ स्थित डुम्रेखाडीका एक वृद्ध खुशी हुँदै भने, हामी चारैतर्फ जंगलले घेरीएकाे बिच बस्तीमा बसेकाेले तिमीहरूले पुर्जा पाउदैन भनेर सबैले भन्ने गर्थे तर भुमि आयोगका अध्यक्ष इमान सिह लामाले आँट गरेर हामीलाई पुर्जा दिनुभयो, उहाँको याे गुण हामीले कहिल्यै तिर्न सक्दैनौं भन्दै भावुक भए। उनले थप्दै भने – चितवनमा धेरै जिल्ला आयोग अध्यक्षहरु भए तर राप्ती बासीले लालपुर्जा पाउन सकेको अवस्था थिएन तर इमान सिंह लामाले पुर्जा दिएरै छाड्यो, धन्यवाद इमान सिंह तिमीलाई।
लालपुर्जा बितरण कार्यक्रममा आयोगका अध्यक्ष लामा सहित राप्ती नगरपालिका मेयर शमशेर लामा, उपमेयर देवेन्द्र लामा, वडा अध्यक्षहरु सिताराम बल, सुमिता डल्लाकोटी, जल्लु महतो, बुद्धिमान तामाङ, वरिष्ठ समाजसेवी किरण भूषण ओलि, नगरका कार्यपालिका सदस्य, वडा सदस्य, आयोगका कर्मचारी लगायत गाउँलेहरुको बाक्लो उपस्थिति रहेको थियो।
लाल-पुर्जा वितरण गर्ने ७७ जिल्ला मध्ये चितवन भुमि समस्या समाधान आयोग पहिलो आयोग बन्न सफल भएको छ। नेपाल सरकारबाट यसबर्ष अर्थात २०८१ मा नियुक्त गरीएका ७७ जिल्ला समितिहरु मध्ये भुमिहीन सुकुम्बासीहरुलाई जग्गा धनी दर्ता प्रमाण-पुर्जा सबैभन्दा अगाडि वितरण गरी देशकै प्रथम जिल्ला हुन सफल भएको थियो।
गत २०८१ माघ ३ गते पदभार ग्रहण गरेका भुमि समस्या समाधान आयोग चितवनका अध्यक्ष इमान सिंह लामाले साेही दिनदेखि नै नापी कार्यालय, मालपोत कार्यालय, सिडियो कार्यालय, स्थानिय सरकार लगायतसंग समन्वय र सहकार्य संगै अहोरात्र खटि लालपुर्जा बितरण प्रक्रियालाई निरन्तरता दिएका थिए। फलस्वरूप रत्ननगर नगरपालिका- १२ र भरतपुर महानगरपालिका ११, १५ र २६ का समेत गरी ३०२ जना सुकुम्बासीलाई लालपुर्जा दिन सफल भए । यस भन्दा अगाडिका दिनहरूमा पनि उनले नेतृत्व लिएको निकायहरुमा अत्यन्तै कुशलता पुर्बक कार्य सम्पादन गर्दै आएका लामा लुम्बिनी बिकास काेषकाे कार्यकारी निर्देशक रहँदा नेपालीभूमि बुद्ध जन्म स्थल लुम्बिनीलाई बिश्व सामु चिनाउन बिशेष भुमिका निभाएकाे ठहर गर्दै सन २०१९ मा ४३ राष्ट्र सहभागीता भएको बिश्व बाैद्व सम्मेलनमा पश्चिम बंगालको राज्य प्रमुख बाट सम्मानित भएको थिए।
भुमी समस्या समाधान आयोग खारेज……
गत भदौ २३ र २४ गते भएको जेन जीको आन्दोलन पश्चात् प्रतिनिधि सभा विघटन भएलगत्तै अन्तरिम सरकार गठन भएपछि हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अनिल सिन्हाले सम्हाल्ने भएको हो। जस पश्चात् भुमी समस्या समाधान आयोग खारेज गर्ने समाचार सर्वत्र आएसंगै आयोग अध्यक्ष लामाले दुख ब्यक्त गर्दै चितवनका हजारौं सुकुम्बासीलाई लालपुर्जा दिन नपाउने दुखेसो गरे। आफू नियमित शनिवार या बिदाको समयको ख्याल नगरी अहोरात्र खटिरहेको बताउदै सरकारले जे जसो निर्णय गरेपनी सुकुम्बासीलाई लालपुर्जा अनिवार्य दिलाउनुपर्नेमा सरकारको ध्यान जानुपर्ने उनको भनाई छ। आफू पदमा रहदा या नरहदा जस्तोसुकै परिस्थितिमा पनि जनताको पक्षमा निरन्तर काम गरिरहने बिस्वास दिलाए।