नेकपा(एस)द्वारा हर्क तामाङ माथि भएको आक्रमणको भत्सर्ना

Sahayatri Logo Square
Sahayatri Khabar
December 19, 2024

चितवन। नेकपा (एकीकृत समाजवादी) चितवन जिल्ला कमिटीले पार्टीका जिल्ला सदस्य तथा युवा संघ नेपाल चितवन जिल्ला कमिटी अध्यक्ष हर्क बहादुर तामाङ माथि आक्रमण गरिएको घटनाको भत्सना गर्दै आक्रमणकारीलाई कारबाहीको माग गरेको छ ।
सो पार्टीको जिल्ला कमिटीले आज एक विज्ञप्ती जारी गरी ज्यान मार्ने नियतका कारण आक्रमण गरिएको भन्दै दोषीको पहिचान गरी कारबाही गर्न माग गरेको हो । पार्टी कामको शिलशीलामा लोथर हुर्दै फर्कने क्रममा मंगलबार राती करिव साढे ८ बजे राप्ती वडा नं. ७ विरेन्द्रनगर चोकमा पारिवारिक भेट गरी गाडीमा बसीसकेको अवस्थामा अज्ञात समूहले धारिलो हतिहार प्रयोग गरी तामाङ माथि भएको आक्रमण विज्ञप्तीमा जनाइएको छ ।
सो पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र कुमार कन्दङ्वाले निकालेको विज्ञप्तीमा कानुन हातमा लिएर आपराधिक कार्यमा संलग्न दोषीलाई तत्काल नियन्त्रणमा लिई कडा भन्दा कडा कारबाही गर्न समेत सम्बन्धित निकायसंग माग गर्दछौ भनिएको छ । साथै यस प्रकारको आपराधिक कार्य गरि समाजमा शान्ति सुरक्षा खलल गर्ने व्यक्ति तथा समुह माथि कडा निगरानी राख्दै समाजमा अमनचयन कायम गर्न समेत आग्रह गरिएको छ ।