२०८२ असार २८
चितवन ।
६५ बर्षभन्दा पुरानो नेपाली ईसाईहरुको छाता संगठन नेपाल राष्ट्रिय मण्डली संगति(एन सि एफ) नेपाल बागमती प्रदेश युवा आयोगको बिशेष आयोजनामा चितवन जिल्लाको नव युवा कमिटी गठन भएको छ।
एकदिने युवा भेला तथा जिल्लास्तरीय कमिटी गठन कार्यक्रम नेपाल राष्ट्रिय मण्डली संगति(एन सि एफ) नेपाल बागमती प्रदेशको सचिव पास्टर शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो।
खैरहनी नगरपालिका वडा नम्बर ११ स्थित सामदान मण्डली सुण्डीमा सम्पन्न सो कार्यक्रमले पास्टर रमेश चेपाङको संयोजकत्वमा ९ सदस्यीय समिति सर्वसम्मतरुपमा चयन गरेको हो। जसमा सदस्यहरु भरतपुर महानगरपालिकाबाट पास्टर बिशेष मल्ल, इच्छाकामना गाउँपालिकाबाट पास्टर युगल प्रजा, कालिका नगरपालिकाबाट पास्टर भिम बहादुर प्रजा, रत्ननगर नगरपालिकाबाट सुमि प्रजा, कालिका नगरपालिकाबाट कमल प्रजा, खैरहनी नगरपालिकाबाट आदित्य घताने, राप्ती नगरपालिकाबाट समर तामाङ र अर्का सदस्य रमिर तामाङ चयन भएका हुन् । चयन भएका नव कमिटीलाई खादाद्वारा बधाई ज्ञापन गरिएको थियो।
एनसिएफ नेपाल बागमती प्रदेश युवा आयोगका अध्यक्ष पास्टर प्रकाश तामाङले एक बर्ष भित्र आफ्नो प्रदेश अन्तर्गत रहेका १३ वटै जिल्लामा पुग्ने साथै जिल्लास्तरीय समिति गठन गर्ने आफ्नो मुल एजेन्डा रहेको भन्दै सो का लागि निरन्तर अघि बढेको उनको भनाई छ। हालसम्म मकवानपुर जिल्ला र चितवन समेत गरि दुईवटा जिल्लामा समिती गठन भईसकिएको जानकारी दिए। उनका अनुसार बर्खा लगत्तै अर्को जिल्लामा छिट्टै समिती गठन साथै आफ्नो कमिटी सन्जाल बिस्तार गरिने समेत जानकारी दिएका छन् ।
एनसिएफ नेपाल बागमती प्रदेश युवा आयोगका अध्यक्ष पास्टर प्रकाश तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन सि एफ नेपाल बागमती प्रदेशका सचीव पास्टर शेर बहादुर तामाङ, कोषाध्यक्ष पास्टर छवि लाल मुक्तान, सदस्य पास्टर बाबुराम थिङ, खैरहनी नगर इसाई समाजका अध्यक्ष एवम् पास्टर सन्तोष आचार्य लगायत स्थानिय पास्टर तथा जवान युवाहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन सेविका एलिजा श्रेष्ठले गरेका थिए भने सहजीकरण एनसिएफ नेपाल बागमती प्रदेश युवा आयोगका कोषाध्यक्ष पास्टर एस्तर चौधरीले गरेकी थिइन।