१५ असार २०८२, चितवन ।
बिगत २५ बर्षदेखी चितवनमा इसाई समुदाय बिच सेवाकाई गर्दै आईरहेको इसाई समुदाय चितवनको २५ औं साधारण सभा तथा १० औं अधिबेशन आइतबार सम्पन्न भएको छ।
अधिबेशनबाट पास्टर लक्ष्मी बानियाँ अध्यक्षमा चयन हुनुभएको हो। समुदायको अधिबेशन कार्यक्रम मारानाथा निपनी चर्च टांडिमा आयोजना गरिएको हो।
अधिबेशनले ११ औं सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा पास्टर गायश मुक्तान, सचीव पास्टर नवराज गिरि, सहसचिव पास्टर देबेन्द्र सुन्दास, कोषाध्यक्ष पास्टर सुर्य लोप्चन, सदस्यहरु पास्टर जयराज रेग्मी, पास्टर रामजित महतो, पास्टर केदार सिं मोक्तान, पास्टर इजिकिएल तामाङ, पास्टर राजु श्रेष्ठ, पास्टर चन्द्र बहादुर राना चयन भएका हुन् ।
समुदायका अध्यक्ष पास्टर जीवन लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निबर्तमान अध्यक्ष एवम् सल्लाहकारहरु सुनिल लामा, पास्टर अनिल पाण्डे साथै अन्य वरिष्ठ पास्टरहरु लगायत दिदिबहिनी संगती तथा युवा संगतिका पदाधिकारीहरुको बाक्लो सहभागीता रहेको थियो। संचालन पास्टर ईश्वर कुमार श्रेष्ठले गरेको कार्यक्रममा धर्मशास्त्र बाइबल बाट पास्टर जयराज रेग्मीले प्रबचन दिनुभएको थियो।