चितवनमा भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

Sahayatri Khabar fav icon
Sahayatri Khabar
June 25, 2025

२०८२ असार ११ गते
राप्ती । चितवनको राप्ती नगरपालिकामा श्रीमान् –श्रीमती भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ । श्रीमान् घाइते भएका छन् ।

राप्ती नगरपालिका–४ चौकीडाँडाकी ४२ वर्षीया कुमारी प्रजाको भिरबाट हाम फाल्दा मृत्यु भएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार मङ्गलबार वर्ष ४७ को लीला बहादुर प्रजाको श्रीमती कुमारी प्रजा घरमा श्रीमानसँग झगडा गरी मर्छु भनी घरबाट श्रीमान/श्रीमती सँगै गई खहरे खोलाको भिरबाट हामफाल्दा श्रीमती कुमारी प्रजाको मृत्यु भएको हो ।

लीलाबहादुर प्रजाको बायाँ कानबाट रगत बगेको र कुममा चोट लागी गम्भीर घाइते भई भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।