सोमबार दिउँसो ऊर्जामन्त्री दीपक खड्का विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गर्दै थिए । त्यही वेला कुलमान भने विपन्न चेपाङहरूको घर झिलिमिली पार्न मकवानपुरको राक्सिराङ गाउँपालिकाको खैराङ पुगेका थिए । त्यहाँ उनले चेपाङबस्तीसहित सिंगो पालिकालाई पूर्ण विद्युतीकरण भएको घोषणा गरे । सोमबार बिहान ७ः३० बजेको फ्लाइटमा चितवन पुगेका कुलमान त्यहाँबाट गाडीमा खैराङ पुगेका थिए । स्थानीयले बाजागाजासहित उनको स्वागत गरे । कार्यक्रम सकेर कुलमान पुनः भरतपुर हुँदै साँझ ५ बजेको फ्लाइटमा काठमाडौं फर्किए ।
साँझ ६ बजे कार्यालय पुगेका उनी राति ८ बजेसम्म कार्यालयमै बसेर नियमित काममा सक्रिय थिए । त्यसपछि उनी कार्यालयबाहिरका भेटघाटमा थिए, आफुलाई सरकारले पदमुक्त गरेको खबर राति ९ बजेतिर मिडियामार्फत जानकारी पाएको उनले बताए । ‘मलाई हटाउनुपर्ने कारण थिएन । राम्रो काम गर्यो भनेर हटाइयो,’ उनले संक्षिप्त प्रतिक्रिया दिए ।
हटाउने दिन पनि निमुखा चेपाङको बस्तीमा बत्ती बाल्दै थिए कुलमान



यो पनि पढौँ


ताजा खबर
सबै
राप्तीमा लालपुर्जा बितरण: भुमी आयोग चितवनको ऐतिहासिक सफलता

राप्तीमा घटस्थापनाको दिन लालपुर्जा बितरण, वृद्ध आमा खुशीले भक्कानिईन

तामाङ चलचित्र ´ए ङाला ह्राङबा माया´ चितवनमा भब्य प्रदर्शन।

Gen-Z Movement – Police Open Fire Indiscriminately, 19 Dead, 422 Injured

चितवन उवा संघका सदस्यले हस्पिटालिटि एवम् फिटनेश सेवामा छुट पाउने
