‘अन्त हानेर हुँदो रैन्छ, अब टाउकामै हान्नुपर्छ’ – प्रचण्ड

0
791

२०७७ माघ १२ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा अझै ठुलो जनशक्ति प्रदर्शन गर्ने बताएका छन् ।

प्रचण्डले सोमबार बिहान काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अब टाउकोमै हान्नुपर्ने अवस्थाको आन्दोलन घोषणा गर्न लागिएको बताएका हुन् ।
‘जनकपुरमा ठुलो जनप्रदर्शन गर्ने सोच थियो, तर त्यो अघि काठमाडौंमा अस्तीको भन्दा ठुलो शक्ति प्रदर्शन गर्नुछ’, प्रचण्डले भने, ‘अन्त हानेर त्यति चोट पुग्दैन रैछ, टाउकोमै हान्नु पर्छ। काठमाडौं टाउको हो र त्यहि नहानी हुँदैन । ‘

प्रचण्डले भने, “काठमाडौंमा अझ ठूलो जनप्रदर्शन गर्ने कार्यक्रम घोषणा हुन्छ । त्यो बेला २५ हजार आउनुपर्‍यो तपाईँहरु । काठमाडौंमा टाउकोमै हान्नुपर्ने अवस्था आयो, त्यो निर्णायक संघर्ष हो । त्यसले छिनोफानो गर्नेछ ।”

उनले मितिबारे भने केही बताएनन् । माघ २३ गते नेकपकाका अर्का अध्यक्ष केपी ओलीको समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने बताइसकेका छन् ।
तर उनले केपी ओलीले गर्ने प्रदर्शन ठुलो नहुने ठोकुवा गरे । ‘जत्रो गरेपनि पन्च र्यालीभन्दा ठुलो हुँदैन, उनले भने, “केपी ओलीले जत्रो सभा गरे पनि पञ्चर्‍याली भन्दा फरक हुने छैन । ढल्ने बेलामा राजा महाराजाका तर्फबाट पनि यस्ता र्‍याली निस्कन्थे ।”
‘त्यो ठुलो भए के सानो भए के ओली प्रतिगमनकारी भइसके हाम्रो प्रदर्शन नै ठुलो हुनेछ’ प्रचण्डले भने ।

स्रोत : हाम्रोखबर