भारत र चीनबीच सैन्य वार्ता हुँदै

0
265

२०७७ माघ ११ गते

काठमाडौं । भारत र चीनबीच आज सीमा विवादबारे आज वाता हुँदैछ।

२ महिनासम्म चलेको उच्चस्तरीय सैन्य संवाद लगत्तै नवौं चरणको वार्ता हुन लागेको हो । वार्तामा दुवै देशका कप्स–कमाण्डरस्तरका अधिकारीहरू सामेल हुँदैछन् ।

पूर्वी लद्दाखमा ९ महिनादेखि जारी तनाव समाधानतर्फ अहिलेसम्म कुनै निस्कर्ष निस्किएको छैन ।

गत डिसेम्बर १८ का दिन भएको वार्तामा दुवै देशका अधिकारीहरूले वास्तविक नियन्त्रण रेखामा देखिएका सबै तनाव हटाउन सैनिक फिर्ता गर्नेतर्फ काम थाल्ने बताएका थिए ।

अहिले सीमाका दुवैतर्फ ५०/५० हजार सैनिक तैनाथ छन्। हालै भारतले आफ्नो भूमिमा प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएका २ चिनियाँ सैनिकलाई फिर्ता गरेको थियो ।