जनवरी २८ सम्ममा, म्युजिक भिडियो ‘नाचिदेउ बसन्ती’को कभर बनाउनेलाई १ लाख

0
158

२०७७ माघ ७ गते

काठमाडौं। एस स्टडी वर्ल्डले निर्माण गरेको म्युजिक भिडियो ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाउने समय सीमा जनवरी २८ सम्म तोकिएको छ ।

प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाइसक्नु पर्ने समय सीमा तोकेको हो । यसअघि नै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान गरिने जनाएको थियो ।

यस्तै गीतको भिडियोले सार्वजनिक भएको २ हप्तामै १० लाख अर्थात् १ मिलियन भ्यूज पार गरेको छ । भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय रहेको भिडयोलाइ स्टार क्याडेटको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो ।

गीतमा दिल तामाङको स्वर, डीपी खनालको शब्द र शंकर थापा ‘स्माइलको सगीतमा रहेको छ । गीतको भिडियोलाई निर्मल लामाको निर्देशन गरेका हुन् ।