राक्सिराङ्गमा सरकारविरुद्ध  कांग्रेसको बिरोध, ३० जना प्रबेश

0
204

४ माघ २०७७।

मकवानपुर । नेपाली कांग्रेस राक्सिराङले प्रधानमन्त्रीले चालेको कदमप्रति विरोध कार्यक्रम गरेको छ । प्रतिनिधि सभा विघटन, सर्वसत्तावाद र भष्ट्राचारको विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाको लागि राक्सिराङ्ग गाउँपालिका नेपाली कांग्रेसले वडा नम्बर ५ चैनपुरमा विरोध कार्यक्रम गरेको हो । पार्टीका महासमिति सदस्य उमा दाहालको प्रमुख आतिथ्यता तथा गाउँपालिका सभापति बिरेन्द्र जिम्बाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि दाहालले संविधानलाई ओलीले खोस्टाको रुपमा लिएको र संविधान मिचेर संसद विघटन गरेको बताए । कम्युनिष्ट तानाशाहको रुपमा रह्यो यसले पार्टीको विधान बनाउने हो संविधान बनाउने होइन र बनाउन नि नचाहने पार्टी रहेको बताए । जनताको संविधान बचाउनको लागि कांग्रेस सडक अनि गाउँगाउँ वडा वडामा विरोध गर्नु परेको बताए।

कार्यक्रममा प्रदेश सभा सदस्य सन्तबहादुर चेपाङ, जिल्ला सदस्य रामकृष्ण प्रजा, जिल्ला सदस्य देव लामा, तरुण दल जिल्ला सदस्य नवराज थिङ, क्षेत्र ४ का पार्टी सचिव सन्तोष थापा, बिष्णु राम प्रजा, निर्वाचित वडा १ अध्यक्ष कान्छामान रुम्बा, गाउँपालिका उपाध्याय निर्मला हिम्डुङ लगायतकाले आफ्नो भनाइ राखेका थिए । साथै उक्त कार्यक्रममा नेकपा परित्याग गरि ३० जनाले नेपाली  काङ्ग्रेसमा प्रवेश गरेका थिए ।