नेपाल–भारत संयुक्त आयोगको बैठक, परराष्ट्र मन्त्री ज्ञवाली दिल्ली उडे

0
120

२०७७ माघ १ गते

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारतकाे नयाँदिल्ली गएका छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली आज नयाँदिल्ली गएका हुन् ।

तीन दिनसम्म बैठकमा उनले भारतका भारतका विदेशमन्त्रीसँग संयुक्त रुपमा अध्यक्षता गर्ने छन्। परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ ।