पदबाट राजीनामा नदिएको दावी : मनहरी गाउँपालिका उपाध्यक्ष बिष्ट

0
156

२० पुष २०७७
हेटौंडा । मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले आफूले उपाध्यक्ष पदबाट राजीनामा नदिएको दावी गरेकी छिन् । हेटौंडामा पत्रकार सम्मेलन गरि उनले आफुुले मैले मनहरीवासीलाई घात गर्ने कुनै कुरा नहुुने दाबी गरिन । ‘मैले राजीनामा दिएको भन्ने कुरा सतप्रतिशत भ्रामक र कपोकल्पित हो, ‘ उपाध्यक्ष बिष्टले पत्रकार सम्मेलनमा भनिन् । आफू जनताबाट निर्वाचित प्रतिनिधि भएकोले जनताको विश्वासमाथि घात गर्दै राजीनामा दिन नसक्ने उनको जिकीर थियो ।

उनले गाउँपालिकाभित्र भएका अनेक समस्या, भ्रष्टाचारलगायतका विषयमा अध्यक्ष एकराज उप्रेतीलाई जानकारी गराउँदा कुनै सुनुवाई नभएको विष्टले बताइन् ।

‘मैले विगत ३ वर्षदेखि गाउँपालिकाभित्रका समस्याबारे अध्यक्षलाई जानकारी गराए तर त्यसमाथि सुनुवाई भएन,’ – उनले भनिन् । ‘मैले उपाध्यक्षबाट राजीनामा दिएर भाग्नुपर्ने कुनै गलत काम गरेको छैन,’ उनले पत्रकार सम्मेलनमा भनिन् । ‘र, म कुनै हालतमा राजीनामा दिन्नँ ।’ तुखबरबाट