मकवानपुर बस्तीपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, ९ घाइते

0
191

११ पौष २०७७

हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा-१९ बस्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो भएको दुर्घटनामा थप ९ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका लम्जुङका अन्दाजी ३०/३२बर्षीय हरी गौलीको उपचारको क्रममा मृत्यु भएको हो । उनको उपचारको क्रममा हेटौँडा अस्पताल मुत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौँडा बाट यात्रु बोकेर चितवन तर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। घाइतेहरुको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।