बागमतीका मुख्यमन्त्रीबिरुद्ध अविश्वासको प्रस्तावमा चितवनका मात्रै ६ सांसदको हस्ताक्षर

0
200

पुष ११, २०७७

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको छ ।

अविश्वासको प्रस्तावमा ४५ जना सांसदको हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा चितवनबाट निर्वाचित र समानुपातिक गरी ६ जना प्रदेश सांसदहरु समेत छन् । हस्ताक्षर गर्नेमा सांसद रामलाल महतो, घनश्याम दाहाल, कृष्ण प्रसाद भुर्तेल, कृष्ण प्रसाद खनाल, पार्वती सिलवाल र कञ्चन खनाल छन् ।

नेकपाका अर्का दुई सांसद एवंम कृषी मन्त्री दावा दोर्जे लामा र विजय सुवेदीले हस्ताक्षर गरेका छैनन् । उनीहरु ओली खेमाका सांसद हुन् ।