राप्ती भण्डारामा १५ शैयाको अस्पताल बिस्तार।

0
794

राप्ती, १६ माघ ।

प्रदेश सरकारको मातहतमा रहने गरी पूर्वी चितवनको राप्ती नगरपालिका स्थित भण्डारामा सरकारी अस्पताल सञ्चालनमा आएको छ । भण्डारा स्वास्थ्य चौकीलाई प्रदेश सरकारले स्तरोन्नती गरी १५ शैयाको भण्डारा अस्पतालको रुपमा विस्तार गरेको हो ।

बुधवार पुर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डे र प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले भण्डारा अस्पतालको एक समारोहका बीच उद्घाटन गरेका हुन । अस्पतालको उद्घाटन गर्दै पुर्व अर्थमन्त्री पाण्डेले गुणस्तरीय सेवा प्रदान गरे अस्पतालमा विरामीको चाप वढ्ने वताए । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले १५ शैयाको अस्पतालबाट व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाह भई विरामीको चाप वढे अझ स्तरोन्नती गरिने वताए । अस्पतालमा जनरल फिजिसिन डाक्टर हरि शंकर प्रसाद नियुक्त भएका छन् । अस्पताल संचालन पछि सामान्य उपचारका लागि टिकौली कटेर जानु पर्ने वाध्यताको अन्त्य भएको राप्ती नगरपालिकाकी मेयर प्रभा वरालले बताईन् । उनले भण्डारा अस्पताल बाट चेपाङ समुदाय र मकवानपुरका राक्सिराङ गाँउपालिकाका स्थानियले सेवा लिन सक्ने बताईन् ।

प्रदेश नम्वर ३ सरकारले राप्तीको भण्डारा स्वास्थ्य चौकी र कालिकाको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल वनाउन स्वीकृती दिएको थियो । तत्कालका लागि साविक स्वास्थ्य चौकीको भवनबाट सेवा प्रवाह हुने भएपनि निर्माणाधिन वडा कार्यालयको भवनलाई अस्पतालको रुपमा परिणत गरिसकेकोे राप्ती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले वताए । अस्पतालमा ओपिडी ,आकस्मिक सेवा,क्षयरोग,प्रसुती,एक्सरे,प्रयोगशाला आदिको सुविधा रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र पराजुलीले वताए । राप्ती नगरपालिकाकी मेयर वरालको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर इमानसिंह लामाले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here