राक्सिराङ ३ का आगोलागी पीडितलाई नेपाली काङ्ग्रेसको सह्योग

0
543

३० मंसिर २०७७, राक्सिराङ ।

मकवानपुरको राक्सिराङ गाउंपालिका ३ नम्बर वडाका अग्निपिडित राम बहादुर मुक्तानलाई नेपाली काङ्ग्रेस राक्सिराङले राहत सामाग्री हस्तान्तरण गरेको छ।

मुक्तानको गत मंसिर २९ गते घर आगजनी भई घरभित्र रहेका सम्पुर्ण सामान जलेर क्षति भएको थियो।

राहत सामाग्री नेपाली काङ्ग्रेस जिल्ला सदस्य राक्सिराङ गाउँपालिका अध्यक्ष राज कुमार मल्ल र राक्सिराङ नेपाली काङ्ग्रेस सभापति बिरेन्द्र जिम्बा सहित नेपाली काङ्ग्रेस राक्सिराङको समन्वयमा चामल ५० केजि चिउरा, ३० केजि, तेल २ काटुन, चाउचाउ ४ काटुन, सोयबिन ५ केजि, त्रिपाल १ थान र अोढ्ने अोछ्याउने सहित अन्य सामानहरुसमेत पिडित परीवारलाई हस्तान्तरण गरिएको हो।