जयमशिह टिभीका संचालक बिरेन्द्र धनुशेलाई नेपाल चेपाङ संघ राक्सिराङद्वारा कारबाहीको माग

0
973

२७ मंसिर २०७७
मनहरी । नेपाल चेपाङ संघ राक्सिराङका अगुवाहरूले जयमशिह टिभी युट्युब च्यानलका संचालक बिरेन्द्र धनुशे लगायत अन्य टिम सदस्यलाई चेपाङको झुटो रिपोर्ट सम्प्रेषण गरेकोले कार्बाहिको जोडदार माग गरेको छ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा ८ अन्तरगत कुनाले गाउँको गत मंसिर २२ गते ´चेपाङ दम्पति ओडारमा` शिर्षक बनाएर भिडियो सार्वजनिक भएपछि चेपाङ अगुवाहरुले त्यसको चर्को बिरोध जनाउदै आएका थिए।

राक्सिराङका चेपाङ अगुवाहरूको कार्बाहिको माग पत्र : जस्ताकोतस्तै,

मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका ८ अन्तरगत कुनाले गाउँको बिषयमा जयमशिह टिभि च्यानलमार्फत गत मंसिर २२ गते सामाजिक अभियान्ता सोनाली पुन मकवानपुरको ओडारमा शिर्षक भिडियो बनाई सामाजिक संजालमा सम्प्रेषण भएपछी नेपाल चेपाङ संघ राक्सिराङ गाउँपालिका वडा नम्बर ८ बाट गम्भीर ध्यानाकर्षण भएको छ। सो भिडियोमा चेपाङ जाती अहिलेसम्म नै ओडारमा बसोबास गरिरहेको भनी झुठो रिपोर्ट बनाई सम्पुर्ण चेपाङ जातिको विवेकमा गम्भीर असर बनाएकोले र राक्सिराङ गाउँपालिका वडा नं ८ का वडा अध्यक्षबाट थप यस बिषयमा बुझ्दा गांजा रोप्नलाई नै वडाबाट सिफारिस दिएको साथै कुनै पनि बिकास नगरेको भनी उल्टै धम्की दिएकोले यस जयमशिह टिभिका संचालक बिरेन्द्र धनुशे लगायत सम्पुर्ण टिमलाई कानुनको दायरामा ल्याई नेपालको कानुन अनुसार कार्बाही गरि पाउं भनी यो निबेदन पेस गर्दछु।

जयमसिह टिभी नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा समाजिक अभियान्ता बताउने सोनाली पुनले चेपाङ दम्पतिसँग ओडारमै पुगेर कुराकानी गरेकाे देखाइएको छ । पुनले ती दम्पतिको दुख, संघर्ष र मायाप्रेम लाई जोड दिदैं सहयोग गर्न आग्रह गरिएको छ।

राक्सिराङका विभिन्न स्थानमा बिपन्न चेपाङको नाममा सहयोग उठाउने र अगुवा तथा अभियान्ता बताउनेहरुले फाइदा लिने गरेको घटनाहरु सार्वजनिक हुँदै आईरहेका छन।