आज राक्सिराङमा १० शैयाको अस्पताल भवनको शिलान्यास

0
398

१५ मंसिर २०७७

राक्सिराङ । पश्चिम् मकवानपुरको कर्णाली मानिने गाउँपालिका राक्सिराङ गाउँपालिका वडा नम्बर ५ ठाडेचुरिमा आज १० शैयाको अस्पताल भवनको शिलान्यास भएको छ।

राक्सिराङको १० शैयाको अस्पताल सहित आज देशैभर ३९६ वटा अस्पतालहरुको एकैसाथ शिलान्यास भएको छ ।

राक्सिराङ गाउँपालिकाका ९६ वार्षिय बृद्ध तुलबहादुर चेपाङद्धारा चेपाङ संस्कृती अनुसार चेपाङहरुको पुरोहित पाण्डेलाई मन्त्रोच्चारण गराउदै विधिवतरुपमा आज राक्सिरङमा निर्माण हुने अस्पताल भवनको शिलान्यास गर्नु भएको हो । १० करोडको लागतमा बन्ने उक्त भवनको लागि संघीय स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा केही बजेट निकास गरिसकेका छन् ।

राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङको सभाअध्यक्षतामा भएको सो कार्यक्रममा राक्सिराङ गाउँपालिकाका प्रशासकीय अधिकृत युवराज आचार्य, स्वस्थ्य प्रमुख बिजय काप्री, राक्सिराङ ८ नम्बरका वडा अध्यक्ष रामकृष्ण प्रजा लगायत विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।