राक्सिराङ गाउँपालिका भरीका बिद्यालयहरु भोलिदेखि खुल्ने निश्चित

0
395

१३ मंसिर २०७७, मकवानपुर । राक्सिराङ गाउपालिका भरीका बिद्यालयहरु भोलि अर्थात आइतबारबाट नियमित सन्चालन हुने भएको छ । कोभिड १९ (कोरोना भाइरस) को संक्रमण बढेपछि बन्द रहेको बिद्यालयहरुमा आइतबारबाट नियमित पठनपाठन सुचारु हुने गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो । विद्यालयहरुमा स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड पुरा गरि कक्षा सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

जसका लागि गाउपालिकाले बिद्यालयहरुलाई मास्क तथा साबुन वितरण गरेको छ । शनिबार वडा नं १,२,३,४,५ र ९ का बिद्यालयहरु का लागि मास्क तथा साबुन हस्तान्तरण गरिएको आचार्यले बताउनुभयो । बिद्यालय आउने बिद्यार्थी तथा शिक्षकहरुलाई नियमित हात धुन र मास्क प्रयोग गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । गाउपालिकाको वडा नं ६,७ र८ मा भने दिगो बिकासका लागि एकता नेपाल संस्थाले मास्कलगायत अन्य सामाग्री बितरण गर्ने भएको छ ।

राक्सिराङ गाउँपालिका हालसम्म कोरोना भाईरसबाट कम प्रभावित स्थानिय तह हो ।