राक्सिराङ गाउँपालिकाको सातौं अधिबेशन सम्पन्न,  बजेट पारीत

0
494

१६ असार २०७७, मकवानपुर ।

राक्सिराङ गाउँपालिकाको आर्थिक बर्ष २०७७/०७८ को बार्षिक बजेट विभिन्न चरणमा छलफल गरी मंगलबार बसेको सातौं गाउँसभाले सर्वसम्मत पारित गरिएको छ।

असार १० गते शुरु भएको  गाउँसभामा करीब ५१ करोड भन्दा बढिको बार्षिक बजेट गाउंपालिकाका उपाध्यक्ष निर्मला हिम्डुङले पेश गरेका थिए ।

गाउपालिकाले नयाँ आर्थिक बर्षमा विभिन्न गौरवको आयोजनाका लागि बजेट विनियोजन गरेको हो। बोटबारि-परेवाभीर सडक निर्माणका लागी २ करोड, चेपाङ कोसेली घर निर्माण का लागि १ करोड, गाउपालिकाको प्रशासनिक भवनको डिपिआर तथा निर्माणका लागि एक करोड बजेट छुट्याइएको छ । त्यस्तै सरिखेतको सुर्योदय माबिमा बाली बिग्यान अध्यापनका लागी २० लाख, खाद्य सुरक्षा बैंकका लागि ५० लाख, समुदायस्तरमा रेडियो सन्चालनका लागी १५ लाख बजेट बिनियोजन गरेको छ । त्यस्तै  चेपाङका लागी बिजुली, खरको छाना विस्थापन लगायत बिद्युत, त्यस्तै कृषितर्फ जडिबुटीजन्य खेतीहरुलाई प्रोत्साहन गर्ने, पशु विकास तर्फ पशु चौपयामा भ्याक्सिन लगाउने, पशुको नश्ल सुधार, पशुको खोर तथा गोठ सुधार अनुदान लगायतका कार्यक्रम समेटिएका छन् । यस्तगरी पर्यटन, सन्चार, खेलकुद, स्वास्थ्य को क्षेत्रमा समेत पर्याप्त मात्रामा बजेट छुट्याइएको गाउपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभएको छ।