सुन्दर नेपाल सरसफाइ अभियान ७ नं प्रदेश द्वारा बैतडीमा सरसफाई कार्यक्रम सम्पन्न।

0
2191

सुदुरपस्चिम स्थित ´सुन्दर नेपाल सरसफाइ अभियान´ ७ नं प्रदेश समितिले शुक्रबार जिल्लाका बैतडीमा सरसफाइ कार्यक्रम गरेको छ। बैतडीका गाउँ सहरसहित विभिन्न ठाउहरु लगायत बैतडी जिल्लाको गढिदेखी साइलेख बजारसम्म बिहान ८ बजेदेखि १२ बजेसम्म एक साथ सरसफाइ कार्यक्रम गरेको हो।

´सुन्दर नेपाल बनाउन, सुन्दर नेपाल सरसफाइ अभियानमा सहभागी बनौ` भन्ने नाराका साथ गरिएको सरसफाइ अभियानमा प्रदेशका सरसफाईका अभियन्ताहरु सहित अन्य धेरै स्वयंसेवकहरु सहभागी भएका थिए। सरसफाइ अभियानको समापन समारोहमा सुन्दर नेपाल सरसफाई अभियान ७ नं प्रदेशका प्रमुख बलदेव सिंह नायक सहितको उपस्थितिमा सरसफाई कार्यक्रम गरेको हो।

कार्यक्रमका अध्यक्षता समेत गरेका बलदेव सिंह नायकले प्रदेशका हरेक कुना- कुनामा सरसफाइ कार्यक्रम गरिदै आएको र नेपालकै एक उत्कृष्ट फोहोर मुक्त प्रदेशको परिकल्पना गरि हरेक महिनाको पहिलो हप्ता सरसफाइ कार्यक्रम गरिदै आएको बताए। उनले सरसफाइ गर्नु सबै ब्यक्तिको दायित्व भएकोले सबै जना सफासुग्घर र फोहोर मुक्त भएर अघि बढ्न उपस्थित सबैलाई आग्रह गरे। सरसफाइ कार्यक्रममा उपस्थित सबै स्थानियहरु हौसिदै सरसफाइ गरेका थिए।

स्मरण रहोस, सुन्दर नेपाल सरसफाइ अभियानले देशका बिभिन्न प्रदेश,जिल्ला गाउँ र ठाउहरुमा महानगरपालिका, नगरपालिका, र गाउपालिका सङ्ग समन्वय गरि सरसफाइ कार्यक्रमलाई तिब्रता दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here