चितवन। २०८० बैशाख १५
पुर्बी चितवनको राप्ति नगरपालिका वडा नम्बर १ र ३ का ४६६ जना बिद्यार्थीलाई स्विटर र कपिकलम बितरण गरिएको छ।
राप्ती नगरपालिका वडा नम्बर ३ स्थित सुन्दरबस्तीको श्री राष्ट्रिय अधारभुत बिद्यालयका १०० जना, श्री जनज्योति आधारभुत बिद्यालय धमिलीका १०१ जना र राप्ती नगरपालिका वडा नम्बर १ स्थित श्री राष्ट्रिय आधारभुत बिद्यालय नयाँबस्तिका २६५ जना गरि ४६६ जना बिद्यार्थीहरुलाई स्विटर सेट र कपिकलम बितरण गरिएको हो।
जसमा प्रत्येक बिद्यार्थीका लागि एक/एक सेट स्विटर कपडा र प्रती बिद्यार्थी १ दर्जन कपि र कलम बितरण गरेको हो।
सुन्दर नेपाल सरसफाई अभियानको समन्वय र विशेष पहलमा असल मित्र नेपाल संस्थाले सहयोग सामाग्री बितरण गरिएको हो।
असल मित्र नेपालका अध्यक्ष एवम् समाजसेवी ज्ञान बहादुर सुनुवारले संस्थाले सदैव समाजको उत्थानका लागि काम गर्दै आईरहेको र यसपटक पनि बिपन्न बिद्यार्थीहरुका लागि केही हदसम्म सहायता होस भन्ने हेतुले सहयोग गरिएको बताए।
यसैगरी राप्ती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शिवकान्त ओलीले वडाभित्र अतिबिपन्न बिद्यार्थीहरु रहेको अबस्थामा संस्थाले बिद्यार्थीलाई आबस्यक पर्ने लत्ताकपडा साथै कपिकलम सामाग्री बितरण गरेकोमा सो कार्य अत्यन्तै सराहनीय रहेको भन्दै संस्थाप्रती खुशि ब्यक्त गरे। उनले आफ्नो वडाको तर्फबाट समेत बिद्यार्थीका लागि सहयोग गर्दै आईरहेको स्मरण गराउदै अझै सह्योगी हातहरु बढाई सहयोग गरिदिन अनुरोध समेत गरे।
सुन्दर नेपाल सरसफाई अभियानका अध्यक्ष एवम् समाजसेवी वीर बहादुर तामाङले बिशेष गरि यहाँका बिपन्न बर्ग चेपाङ तथा तामाङ लगायतका समुदायका बाल-बालिकाहरुलाई लक्षित गरि कार्यक्रम गरिएको बताए। यस किसिमका कार्यक्रमहरु कोरोना तथा डेङ्गी जस्ता माहामारिको समयमा पनि धेरै पटक गर्दै आएका थियौं। अहिले भने बिपन्न बिद्यार्थीहरुका लागि केही राहत महसुस होस भन्ने लक्ष्यका साथ सहयोग बितरण गरेका हौं र अझै पनि यस्तै कार्यक्रम गर्दै अघि बढिरहने तामाङले बताए।
सहयोग बितरण कार्यक्रममा राप्ती नगरपालिका वडा – ३ का वडा अध्यक्ष शिवकान्त ओली, असल मित्र नेपालका अध्यक्ष ज्ञान बहादुर सुनुवार, सोही संस्थाका पदाधिकारी, ईलाका प्रहरी कार्यालय भण्डाराका इन्स्पेक्टर पोखरेल, समाजसेवी ओम डल्लाकोटी, समाजसेवी रुपक तामाङ, वडा सदस्य दिनेश प्रजा लगायतका बाक्लो उपस्थिति रहेका थिए।