चितवन २ मा रबिको अग्रता कायमै, जित सुनिस्चित

0
87

चितवन १२ बैशाख २०८०
चितवनमा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३३ हजारको मतान्तर कायम गरेकाले उनको जित सुनिश्चित भएको छ।

निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५७ हजार बढी मत गणना हुँदा लामिछानेले ४१५०४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७६९५ छ। उनीहरूबीचको मतान्तर ३३८०९ छ।

चितवन(२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत २१ हजार मात्र छ।