स्वर्णिम वाग्ले दोब्बर भन्दा बढी मतले अगाडि

0
897

तनहुँ, ११ बैशाख २०८०

तनहुँ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनको जारी मतगणनामा हालसम्म १३ हजार ७५८ मत गणना भएका छन् ।

गणनाको ताजा अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. स्वर्णिम वाग्लेले ७ हजार ६२५ मत पाएका छन् ।
सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार ४७१ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार २१९ मत पाएका छन् । 
स्वर्णिमले शुरूदेखि नै अग्रता बनाएकोमा फराकिलो मतान्तर बनाउँदै गएका छन् ।