रुखबाट लडेर राक्सिराङमा एकजनाको निधन

0
1714

६ बैशाख २०८०

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ स्थित लावतीको धन बहादुर थीङको रुखबाट लडेर मृत्यु भएको छ।

५५ बर्षिय थीङ बिहान करिव ७ बजेतिर घाँस काट्न गएका थिए। उनि रुख चढ्दा चिप्लिएर खसेको राक्सिराङ – ३ का वडा अध्यक्ष उत्तम वाइबाले सहयात्री खबर लाई जानकारी दिए।

घाँस काट्न गएका थीङको रुखबाट लडेपछी बेहोस अबस्थामा स्थानियले एम्बुलेन्स बोलाई भरतपुर अस्पताल तर्फ लाने क्रममा बिच बाटोमै मृत्यु भएको अध्यक्षले जानकारी दिए।