सिलिङ्गे सामुदायिक बनको अध्यक्षमा मोक्तान सर्वसम्मत चयन

0
1475

५ बैशाख २०८०
राक्सिराङ । पश्चिम् मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ६ स्थित सिलिङ्गे सामुदायिक बनको अध्यक्षमा कृष्ण लाल मोक्तान सर्वसहमतीद्वारा चयन भएका छन।

संस्थाको बिशेष भेला तथा छैटौं अधिवेशनबाट मोक्तानको नेतृत्वमा १५ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

समितिका उपाध्यक्षमा सन्त माया थीङ, सचिवमा अमित चेपाङ, सहसचिवमा गम बहादुर चेपाङ र कोषाध्यक्ष भने केहि दिनभित्र सर्वसम्मत चयन गर्ने भएका छन।

उपभोक्ताहरुको सक्रियतामा राखिएको बिशेष भेलामा वनका अध्यक्ष आइत सिङ चेपाङले प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिपनलाल चेपाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वनको अगामी ५ बर्षे कार्ययोजनासमेत सोहि भेलाबाट अनुमोदन गरिएको छ ।

४७५ हेक्टर क्षेत्रमा फैलिएको सो सामुदायिक वन राक्सिराङ गाउँपालिकाकै वन पैदावरले धनीमध्यमा पर्दछ । सोहि वन क्षेत्रमा ऐतिहासिक पर्यटकिय क्षेत्र लामेबगर गुफासमेत रहेको छ ।

अध्यक्ष बनेपछि मोक्तानले बनको विकास र उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाए । संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्नेदेखि नितिगत सुधार र वन संरक्षणको सवालमा सक्रिय भएर काम गर्ने उनको भनाई छ । विभिन्न सामाजिक तथा राजनितिक क्रियाकलापमा सक्रिय मोक्तान यस अघि पनि दुई पटक अध्यक्ष बनेका थिए। उनको सकृयताको आधारमा यसपटक तेस्रो अध्यक्षको रुपमा सर्बसम्मत चयन गरिएको हो।