सिद्धार्थ हरियाली सामुदायिक वनको अध्यक्षमा ज्ञानेन्द्र तामाङ चयन

0
1194

५ बैशाख २०८०
मनहरी । राक्सिराङ गाउँपालिका वडा नं. ३ को सिद्धार्थ हरियाली सामुदायिक वनको अध्यक्षमा ज्ञानेन्द्र तामाङ चयन भएका छन ।
संस्थाको बिशेष भेला तथा पाँचौ अधिवेशनबाट तामाङको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
समितिका उपाध्यक्षमा राममाया थोक्रा, सचिवमा सुकुमान योञ्जन, सहसचिवमा मन्जिला थोक्रा, कोषाध्यक्षमा समिक्षा योञ्जन सर्वसम्मत भएका हुन ।
अघिल्लो कार्यसमितिको कार्यकाल सकिएको लामो समय बित्दासमेत भेला बस्न नसकेपछि उपभोक्ताहरुको सक्रियतामा बिशेष भेला राखिएको हो ।

भेलामा वनका अध्यक्ष प्रताप थोक्राले प्रगति प्रतिवेदन र कोषाध्यक्ष लाल बहादुर थोक्राले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वनको अगामी ५ बर्षे कार्ययोजनासमेत सोहि भेलाबाट अनुमोदन गरिएको छ ।
४५१ हेक्टर क्षेत्रमा फैलिएको सो सामुदायिक वन राक्सिराङ गाउँपालिकाकै ठुलो र वन पैदावरले धनीमध्यमा पर्दछ । सोहि वन क्षेत्रमा ऐतिहासिक पर्यटकिय क्षेत्र जलपरी झरना र चमेरो गुफासमेत रहेको छ ।
अध्यक्ष बनेपछि तामाङले बनको विकास र उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाए । संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्नेदेखि नितिगत सुधार र वन संरक्षणको सवालमा सक्रिय भएर काम गर्ने उनको भनाई छ । विभिन्न सामाजिक तथा राजनितिक क्रियाकलापमा सक्रिय तामाङ पत्रकारसमेत हुन ।